काठमाडौं / कतारको अल बायेट रंगशालामा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका स्पेन र जर्मनीले आइतबार राति १–१ गोल मात्रै गर्न सफल भएका हुन् ।
खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चार पटकका विश्वकप विजेता जर्मनी दवावमा परेको थियो ।
६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा ट्याप इन गोल गरेका थिए ।
समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए ।
यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।
समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ ।
नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विश्वकप-२०२२ : स्पेन र जर्मनी बराबरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













