२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

लायन्सचोकमा अटोमोबाइल्स व्यवसायीको राष्ट्र बैंकको नीतिबिरुद्ध धर्ना

प्रकाशित मिति : २०७९ मंसिर २३ गते
- ADVERTISEMENT -

चितवन / अटोमोबाइल्स व्यवसायी संघले राष्ट्र बैंकको मौद्रिक नीतिविरुद्ध शान्तिपूर्ण धर्ना गरी विरोध जनाएका छन् । संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको नेतृत्वमा नाडा अटोमोवाइल्स अफ नेपालसहितको संयुक्त विरोध कार्यक्रम बिहीबार लायन्सचोकमा सम्पन्न भएको हो । अटोमोबाइल्स व्यवसायीले देशव्यापी रुपमा मौद्रिक नीतिको विरोध गर्दै आइरहेका छन् ।
विरोध कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले हाल देश चालु खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको बताए । मौद्रिक नीतिले हरेक व्यवसायी धरासायी बन्दै गएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरु देशव्यापी आन्दोलनमा छन् । चितवन अटोमोबाइल्स एशोसिएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद काफ्लेले सरकार र गभर्नरबीचको द्वन्द्वले व्यवसायी मारमा परेको बताए । उनले बैंकहरुले ब्याज बढाउनुपर्ने आवश्यकता नै नरहेको जिकिर गर्नुभयो । नयाँ मौद्रिक नीतिका कारण जिल्लामा ४८ वटा शोरुमहरु बन्द भएको उनले बताए ।
नाडा अटोमोबाइल्स एशोसिएसनका कार्यसमिति सदस्य गोपाल भट्टराईले निजी क्षेत्रलाई बारम्बार प्रहार गरे देश श्रीलङ्का बन्न बेर नलाग्ने बताए । सरकारले अझै ध्यान नदिए व्यवसायी घर र व्यवसाय लिलामी गरेर विदेशिनु बाहेक अर्को उपाय नहुने उनको आक्रोश थियो ।
नाडा अटोमोबाइल्स एशोसिएसन कार्यसमिति सदस्य अमृत जोशीले बैंकको व्याज ७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुग्दा अत्यन्तै मर्का परेको गुनासो गरे । बिरोध तथा शान्तिपूर्ण धर्ना कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थाका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरुको उपस्थिति थियो ।

- ADVERTISEMENT -