काठमाडौं / फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट जित्न सफल भएका छन् । कतार विश्वकप २०२२ मा सर्बाधिक गोलकर्ताका रुपमा एम्बाप्पेले गोल्डेन बुट प्राप्त गर्न भएका हुन् ।
अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता अर्जेन्टिनाका मेस्सीले सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका हुन् ।
कतारको दोहास्थित लुसेल रंगशालामा भएको निकै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।
अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा २ सहित ७ गोल गरे र ३ असिस्ट गरे । योसँगै मेस्सीको विश्वकप युग समाप्त भएको छ । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए ।
अर्जेन्टिनालाई उपाधि दिलाउन फाइनलमा फ्रान्सको पेनाल्टी रोकेर निर्णायक प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले विश्वकपको उत्कृष्ट गोलरक्षकका रुपमा गोल्डेन ग्लभ्स जितेका छन् । विश्वकपका उत्कृष्ट युवा खेलाडीको पुरस्कार पनि अर्जेन्टिनाले नै जितेको छ । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नाण्डेजले यो पुरस्कार जितेका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एम्बाप्पेलाई गोल्डेन बुट, मेस्सीले पाए गोल्डेन बल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













