–बबिलाल तामाङ
जनजाति भेषभूषामा आउनेलाई निःशुल्क प्रवेश
खैरहनी । खैरहनी–५, जनकौलीस्थित गौचरनमा ‘आठौं खिचरा महोत्सव’ हुने भएको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको आयोजनामा खिचरा महोत्सव पुस २९ गतेदेखि माघ ९ गतेसम्म चल्नेछ ।
महोत्सवका संस्थापक एवं प्रवक्ता नारायणप्रसाद महतोका अनुसार देशैभरका थारु समुदायको खानाका परिकार र उनीहरुको संस्कृति एकै मञ्चबाट प्रदर्शन गर्ने योजना रहेको छ । महोत्सवमा २५ जिल्लाका थारु खानाका परिकार र तिनै जिल्लाका थारु संस्कृतिलाई प्रस्तुत गर्ने तयारी भइरहेको प्रवक्ता महतोले जानकारी दिए ।
थारु समुदायले वर्षेनी नयाँ वर्षको अवसर पारेर खिचरा महोत्सव मनाउँदै आइरहेको छ । तर, खिचरालाई कतै खिचरी र कतै तिले सङ्क्रान्तिसमेत भन्ने चलन रहेको पाइन्छ । ठाउँअनुसार फरक–फरक भाषा प्रयोग हुने हुँदा देशैभरका थारु जातिलाई एकै ठाउँमा उभ्याउन पनि यसपटकको महोत्सवले विशेष भूमिका खेल्ने उनको विश्वास छ ।
खिचरा भनेको थारु जातिको नयाँ वर्षको रुपमा हेरिन्छ । तर, पछिल्लो पुस्ताले नयाँ वर्ष भनेर बिर्संदै गएकोले यसलाई जीवित पार्नका लागि पनि मेला–महोत्सवमार्फत प्रचार गर्ने प्रयास गरिएको उनको भनाइ छ ।
नेपालमा २५ जिल्लामा थारु जातिको बसोवास रहेको पाइन्छ भने ती सबै जिल्लामा फरक–फरक तरिकाले चाडपर्व मनाउने र चाडपर्वको नाम पनि ठाउँअनुसार फरक–फरक हुने गरेको छ । उनका अनुसार देशैभरका थारुको खानाका परिकार र संस्कृतिलाई एकै ठाउँबाट देखाउने प्रयास गरिएको हो ।
सुरूमा दुई दिनबाट सुरू भएको महोत्सव अहिले दस दिनसम्म संचालन गरिने बताइएको छ । थारुहरुको सक्रियता बढेसँगै महोत्सवको समय पनि थप हुँदै गएको महोत्सव आयोजक समितिका सह–संयोजक रामचन्द्र चौधरीको भनाइ छ ।
जनजातिको भेषभूषामा आउनेलाई निःशुल्क प्रवेश ः
महोत्सवमा आदिवासी जनजातिका भेषभूषामा उपस्थित हुने जो–कसैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको टोली (फोनिज)सँग भएको छलफलका क्रममा आदिवासी भेषभूषामा उपस्थित हुने जो–कसैलाई प्रवेश शुल्क नलिने खिचरा महोत्सवका संस्थापक एवम् प्रवक्ता नारायणप्रसाद महतोले जानकारी दिए ।
जनजाति पोशाकमा आउँदा आदिवासी जनजाति झल्कने र समुदायलाई नै फाइदा हुने उनको भनाइ छ । अन्य सर्वसाधारणको लागि भने रू. ५० को शुल्क तोकिएको उनले बताए ।
चितवनमा पुस महिनामा मात्रै तीन वटा महोत्सव हुने भएको छ । जसअन्तर्गत नारायणी नदी किनारमा चितवन महोत्सव र खैरहनीमा नै खैरहनी महोत्सव हुने भएको छ ।
खैरहनीमा दुई महोत्सव जुध्ने भएपछि आयोजक थारु कल्याणकारी सभाले विरोध जनाउँदै आएको छ ।
- ADVERTISEMENT -

थारु संस्कृतिको जगेर्ना गर्न ‘खिचरा महोत्सव’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














