चितवन / पिकअप भ्यानको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीस्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढतर्फ आउँदै गरेको प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारत घर भईहाल राप्ती नगरपालिका वडा नम्बर २ बस्ने अब्दुल मसिनको ९ बर्षीय छोरा महमद एकलास रहेका छन् । टाउकोमा गम्भीर चोट लागेका एकलासको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा बिहान ८ बजे मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप चालक बारा जितपुर ७ बस्ने वर्ष २८ का दिपेन्द्र झालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राप्तीमा पिकअपको ठक्करबाट एक बालकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -














