२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणीको ‘हीरक महोत्सव’ नवनियुक्त प्रम प्रचण्डद्वारा उद्घाटन

प्रकाशित मिति : २०७९ पुष १२ गते

चितवन / भरतपुर १० मा अवस्थित नारायणी नमुना माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पुस १६ गते हीरक महोत्सवको उद्घाटन हुने विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिए ।
प्रधानाध्यापक दवाडीका अनुसार हीरक महोत्सवको उद्घाटन समारोहमा स्वर्ण र हीरक स्तम्भ अनावरण, विद्यालय भवन शिलान्यास, हीरकद्वार उद्घाटन, हीरक स्मारिक विमोचन, विज्ञान प्रदर्शनी, सम्मानलगायतका कार्यक्रम गरिने छ । पुस ६ गतेबाट हीरक महोत्सवअन्तर्गतका कार्यक्रम चलिरहेको बताउँदै पुस १६ गते साँझ समापन गरिने उनले बताए ।
हीरक महोत्सवको अवसर पारेर पुस १२ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत पुस १२ गते अभिभावक स्याहारसुसार कार्यक्रम, १३ गते मोटरसाइकल ¥याली, १४ गते शोभायात्रा तथा रक्तदान कार्यक्रम, १५ गते पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम रहेको छ । प्रअ दवाडीले हीरक महोत्सवको नारा ‘प्रविधिमैत्री शिक्षाको शान ः राष्ट्रव्यापी हाम्रो पहिचान’ भन्ने मूल नारालाई अँगालेर हीरक महोत्सवका लागि जुटिएको बताए ।
२०२० सालमा रात्रिकालीन हाइस्कुलबाट सुरू भएको नारायणी माविले २०३७ सालमा प्रातकालीन हुँदै २०३९ सालबाट दिवाकालीन समयमा प्राथमिक कक्षा सञ्चालन गरेको थियो । हाल विद्यालयमा ४२ जिल्लाका २२ सय विद्यार्थी छन् भने ५ हजार विद्यार्थी बनाउने लक्ष्य रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार २०६० सालबाट कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन विषयमा बिहानी कक्षाहरु चलेका छन् । यस्तै, प्राविधिक विषयहरु पनि सञ्चालन भएका छन् । २०७० सालमा १५० मापदण्ड पार गरी नारायणी माविले नमुना माविको पत्र प्राप्त गरेको थियो ।
हाल विद्यालयमा ६४ जना सरकारी शिक्षक, कर्मचारी छन् भने १३९ जना निजी स्रोतको आम्दानीबाट चलेका शिक्षक, कर्मचारी रहेका छन् । विद्यालयको आम्दानीको प्रमुख स्रोत सटर भाडा रहेको छ । मासिक विद्यालयले २ लाख ११ हजार रूपैयाँ सटर भाडा उठाएको छ ।
यस विद्यालयले एसइई परीक्षामा २०६८ सालमा मध्यमाञ्चल क्षेत्रीय आठौँ, २०६९ मा राष्ट्रिय पाँचौँ, २०७० मा राष्ट्रिय छैटौँ, २०७१ मा राष्ट्रिय एक्काइसौँ, २०७२ मा मध्यमाञ्चल क्षेत्रीय प्रथम, २०७३ मा राष्ट्रिय द्वितीय स्थान हासिल गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45