२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

चितवनको तीनखोले गुम्बामा तमु ल्होसारको तयारी तिब्र

प्रकाशित मिति : २०७९ पुष १३ गते

चितवन / तमू ल्होसार पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले तमू ह्युल छोँज धीँको संग्रहालय महाबौद्ध गुम्बा परिषरमा ल्होसार मनाउने तयारी गरेको हो । ह्युल छोँज धीँले बुधबार पत्रकार सम्मेलन गरेर ल्होसारको तयारीबारे जानकारी गराएको हो । बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर यसवर्ष ल्होसार पर्व मनाउन लागिएको हो ।
तमू ह्युल छोँज धीँले हरेक वर्ष तीन चार दिनअघिदेखि नै ल्होसार पर्व मनाउँदै आइरहेको छ । पुस १५ गते विशेष दिन भए पनि १४ र १५ गते दुई दिनसम्म धुमधामका साथ मनाउँदै आएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् ।
१४ गते राति तमू विद्यार्थी छोँज धीँ चितवनको संयोजकत्वमा विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुने उनले बताइन् । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको समेत उपस्थिति रहने उनको भनाइ छ । उनका अनुसार लोक तथा दोहोरी कलाकारहरू शितल गुरूङ, सविन गुरूङ र चिजा तामाङबाट प्रत्यक्ष दोहोरी गाउने कार्यक्र तय भएको छ ।
त्यसअघि आज (बिहीबार) बिहान हाजिरिजवाफ र छेलो प्रतियोगिता आयोजना गरिँदै छ । रस्साकस्सी, म्युजिकल चियर, घैँटो फुटाइलगायतका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । प्रतियोगितात्मक कार्यक्रमबाट बिजेता हुनेलाई भने पुस १५ गते दिउँसो हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष गुरूङले जानकारी दिइन् । १५ गते बिहान भरतपुरस्थित जयबुद्ध अस्पताल प्रालिको संयोजकत्वमा निःशुल्क स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03