२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

अंग्रेजी नयाँ वर्ष २०२३ सुरु, विश्वभर शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०७९ पुष १७ गते
- ADVERTISEMENT -

मकवानपुर / इस्वी सम्वतको नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा आज (आइतबार) देखि नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु खीस्टको जन्म भएको वर्षदेखि पादरी गेनोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नेपालमा विक्रम सम्वत् का आधारमा बैशाख १ गते नयाँ वर्ष मनाउने गरिए पनि ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि मनाउने क्रम बढ्दै गएको छ । नेपालसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न पर्यटकीय क्षेत्रमा भेला भएर नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको दिन आइतबार नवा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवम् सम्पूर्ण नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउन टोपी दिवस मनाउन थालिएको दिवसका संस्थापक अभियन्ता शंकर बन्जाडेले जानकारी दिए ।
यस वर्ष ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन प्रतिष्ठानले आग्रह गरेको छ ।

- ADVERTISEMENT -