निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन दिन अत्यधिक चिसो बढ्ने : विज्ञ

प्रकाशित मिति : २०७९ पुष १८ गते
- ADVERTISEMENT -

काठमाडौं / देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा आउँदो तीन दिन बाहिरी चहलपहल कम गर्न जलवायु तथा विपद् विज्ञहरूले सुझाव दिएका छन् । पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन जलवायु तथा विपद् विज्ञहरूले आग्रह गरेका हुन् ।
देशभर केही दिनयता बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन उनीहरूको सुझाव छ ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेका बताएका छन् । उनले आइतवारदेखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
चिसो अत्यधिक बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उनको सुझाव छ । उनले पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको बताए ।
देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा न्यून चापीय अवस्थाका कारण आद्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले तुँवालोको फर्मिसन गर्छ । पश्चिम बङ्गालमा पनि केही समयअघि मात्रै न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था बढेको छ ।
जलवायु विज्ञ उप्रेतीले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए । उनले फोक्सोको क्यान्सर भएका, श्वासप्रश्वासमा समस्या भएका, मुटुका बिरामी, बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए ।
उप्रेतीले जनवरी, फेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताए । हिउँदमा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उनको भनाइ छ ।
विज्ञ उप्रेतीले अहिले समुद्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताए । उनले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरे ।
तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उनले बताए । हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने उप्रेतीले बताए ।
गएको वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यस वर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उनको भनाइ छ । उनले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लामा चिसोका कारण बिरामी बढेका र आउँदा दिनमा काठमाण्डौसहित पहाडी जिल्लामा समेत यसको प्रभाव देखिने बताए ।
डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर भरसक हिँडडुल गर्न वा घरभित्रै व्यायाम गर्न, न्यानो लुगा लगाउन, पानीमा धेरै बेर नभिज्न, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्न सुझाव दिएका छन् ।
यस्तै झ्याल र ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्न, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन र फोग लाइटको प्रयोग गने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न उनको सुझाव छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58