चितवन / भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा ६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले बुधबार सम्मान गरेको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गरे । सोही अवसरमा विष्णुप्रसाद श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताए ।
सम्मानित व्यक्तित्व श्रेष्ठले आफ्नो अनुभव यसरी सुनाए, ‘जब म भारतीय सैनिकबाट अवकास लिएर सन् २०१० सेप्टेम्बर २ मा घर फर्किँदै थिएँ । रातिको १२ बजे रेलमा लुटपाट मच्चियो । एउटी एमबिबिएस पढिरहेकी युवतीले ‘भैया मुझे बचाओ’ भनेर अनुनय विनय गरिन् ।
मानवीय भावनाले मेरो हृदय भरिएर आयो । मेरो आँखाले एउटी अबला नारी लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा रगत उम्लियो अनि कम्मरको खुकुरी निकालेर तीन जनालाई छप्काएँ । छ जना गम्भीर घाइते भएर ढले ।
आधाघन्टाको भिडन्तपछि रेल जंगलमा रोकिएको थियो । डाँकुहरुलाई भगाउन सफल भएपछि तिनै युवतीले मिडियाहरुमा अन्तर्वार्ता दिइन् । अनि घर फर्किन लागेको मेरो आठ वर्ष सेवा अवधि थप भयो । सेनाबाट मेडल र राष्ट्रपतिबाट उत्तम जीवन रक्षक सम्मान पाएँ ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भूपू सैनिक श्रेष्ठलाई रत्ननगर नगरपालिकाको सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













