२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

चितवन महोत्सवले धार्मिक पर्यटनलाई टेवा पुग्छ : उद्योग वाणिज्य संघ

प्रकाशित मिति : २०७९ पुष २२ गते
- ADVERTISEMENT -

नारायणगढ । यसपटकको चितवन महोत्सवले चितवनलाई धार्मिक पर्यटनको क्षेत्रमा योगदान दिने आयोजकले जनाएको छ। यही पुस २५ देखि माघ ४ सम्म सञ्चालन हुने चितवन महोत्सव मूल आयोजक समितिको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठले देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्मको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

काली र त्रिशूली मिसिएर बनेको नारायणी नदी धार्मिक तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने उनले बताए। त्यसै पनि नारायणी नदी किनार पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गर्दा यसले धार्मिक पर्यटनलाई समेत सहयोग मिल्ने अध्यक्ष श्रेष्ठले बताए।

महोत्सवमा करिब ४५० वटा व्यावसायिक स्टल हुनेछन्। महोत्सवबाट करिब २५ करोड रूपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवअन्तर्गत क्याम्पाचौरमा पुस २८ देखि माघ २ गतेसम्म पाँच दिन खाना महोत्सवसमेत आयोजना गर्ने तयारी गरिरहेको छ।

- ADVERTISEMENT -