चितवन / उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको १४औँ संस्करणको चितवन महोत्सव सोमबारदेखि सुरू भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरू भएको ‘चितवन महोत्सव–२०७९’ को सोमबार बागमती प्रदेशका निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे ।
पूर्वमन्त्री श्रेष्ठले चितवनको गरिमामय महोत्सवले देशकै अर्थतन्त्रलाई बलियो बनाउनमा सघाउ पुगेको बताए । सोही कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समग्र जिल्लाको विकासमा मेला महोत्सवले सहयोग पु¥याउँदै आएको बताइन् । देशको आर्थिक विकासका लागि पनि यस्ता खालका मेला महोत्सव आयोजना गरिनुपर्ने उनको भनाइ छ ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय नेपालमा देखिएको आर्थिक तरलताले उद्योग, व्यवसाय धराशायी बन्दै गएकोले त्यसलाई माथि उकास्नको लागि पनि यस्तै मेला महोत्सवले ठूलो भूमिका खेल्ने बताए ।
माघ ४ गतेसम्म चल्ने महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र सूचना प्रविधिका छुट्टैछुट्टै परिसर राखिएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठका अनुसार चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि यसपटक तोरी र मौरीलाई विषेश आकर्षणको रूपमा प्रस्तुत गरिएको छ । दश दिनसम्म चल्ने महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्नुका साथै करिब २५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

१४औँ संस्करणको चितवन महोत्सव शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













