–बबिलाल तामाङ
चितवन । भरतपुरका तामाङ समुदायले सोनाम ल्होछार मनाउने भएको छ । कोभिड १९ का कारण दुई वर्षसम्म रोकिएको सोनाम ल्होछार यसपटक भरतपुरका तामाङ समुदायले भव्यसँग मनाउने तयारी गरिरहेको छ ।
भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष पासाङ तामाङले २८५९ सोनाम ल्होछारका लागि तयारी तिब्र पारिएको जानकारी दिए । भरतपुर ११ भोजाडको छेच्यु थर्पलिङ गुम्बामा यही माघ ८ गते सोनाम ल्होछार तथा विविध साँस्कृतिक कार्यक्रमकासाथ मनाउने तयारीका लागि सोमबार बसेको बैठकबाट निर्णय गरिएको अध्यक्ष तामाङले बताए ।
भरतपुर नगर तामाङ समाज आयोजक र दुध पोखरी बौद्ध तामाङ समाज सहआयोजक रहेको तामाङ समुदायको ठूलो चाडपर्वको रुपमा मनाइने सोनाम ल्होछारका लागि राष्ट्रिय कलाकार र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ । साँस्कृतिक कार्यक्रमका लागि तामाङ सेलो गायक जेवी जिम्बा, लोकगायक राज लामा, आधुनिक गायक शिवम लामा र स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष तामाङको भनाइ छ ।
यस वर्ष बाघ वर्गलाई विदाई गर्दै विरालो वर्गको स्वागत गरिने दुध पोखरी बौद्ध समाजका सचिव गोपीराज तामाङले बताए । ल्होछारको अघिल्लो दिन गुम्बामा पूजापाठ, सरसफाइ, दिप प्रज्वलन कार्यक्रम रहने उनले भने ।
कार्यक्रमका लागि ५३ जनाको मूल समारोह समिति गठन गरिएको उनले बताए । यस्तैगरी विभिन्न उपसमितिहरु अर्थ संकलन, गुम्बा सजावट तथा पूजाआजा, प्रचारप्रसार समिति, स्वयम्सेवक, पार्किङ व्यवस्थापन, सचिवालयलगायत रहने छन् ।
समाजले उक्त ल्होछारका दिन तामाङ समुदाय लगायत सबैलाई कार्यक्रममा उपस्थितिको आग्रह समेत गरेको छ ।
छेच्यु गुम्बामा २८५९ सोनाम ल्होछारको तयारी तिब्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
