खैरहनी / यही पुष २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापनका लागि सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन आउँदै छन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त भएका हुन्।
कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुखको समेत उपस्थिति हुने आयोजकले जनाएको छ।
महोत्सवमा अवधिभर नै सांस्कृति पहिचान दिलाउने खालका मौलिक प्रस्तुतिलाई विशेष प्राथमिकतामा राखेको थियो। महोत्सवलाई संगीतमय बनाउनका लागि विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए। साथै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारुहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए।
यस्तै गरी बाल प्रतिभालाई बाहिर ल्याउनका लागि चित्रकला प्रतिययोगिता र विद्यालयस्तरीय खिचरा डान्स आइडलसमेत आयोजना गरिएको थियो। त्यसबाहेक भलिबल, तेक्वान्दो, पेहनी होडलगायतका खेलकुदसमेत प्रतियोगितात्मकरूपमा आयोजना गरिएको थियो।
कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय थारु खानाका परिकार व्यापाररव्यवसायलगायत गरी करिब १५० स्टल राखिएको थियो। महोत्सवमा थारु मिनी संग्रहालय, बाल उद्यान, कलाकारको प्रस्तुतिलगायत मुख्य आकर्षणको रूपमा रहे।
व्यापार, कृषि, पर्यटन, थारु कला कला, संस्कृति र थारु खानाको सम्बद्धर्न गर्ने उद्देश्यसहित थारु कल्याणकारी सभा क्षेत्र नं।७ ले प्रत्येक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको छ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आठौं खिचरा महोत्सवको आज मन्त्री पाण्डेद्वारा समापन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













