March 15, 2025
- ADVERTISEMENT -

प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन आज

January 21, 2023

काठमाडौं / प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो ।
संघीय संसद् सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
त्यस्तै, यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -