२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुसहर बस्तीका बासिन्दा नागरिकताबाट वञ्चित

प्रकाशित मिति : २०७९ माघ ८ गते

मतदाता परिचयपत्र छ, नागरिकता छैन
चितवन । जिल्लाको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन् । उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन ।
खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन् । उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो । बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उहाँ बताउनुहुन्छ ।
‘नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,’ माझीले भन्नुभयो । नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उहाँको गुनासो छ ।
यस्तै गुनासो सुनाउनुहुन्छ, ५५ वर्षीया एमपी माझी । ‘लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ ।’ उहाँले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै प्रश्न गर्ने गरेको दुःखेसो पोख्नुभयो ।
नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो ।’ नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो ।’
आफूहरुसँग मतदाता परिचय पत्र भने भएको उहाँले बताउनुभयो । हरेक निर्वाचनमा साविकको कठार गाउँपालिकाबाट मतदान गर्दै आउनुभएको छ, तर नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ । दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थितरुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो ।
एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरु नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताउनुहुन्छ । वडा कार्यालय र राजनीतिक दलहरुले आफ्नो समस्याप्रति बेवास्ता गरेको उहाँको गुनासो छ । माझीले भन्नुभयो, “विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन ।”
एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन् । एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन् । बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ ।
खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताउनुभयो । “मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ”, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ ।” वडा कार्यालयबाट सिफारिस आए सहज रुपमा नागरिकता दिन सकिने उहाँले बताउनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39