भरतपुर / चितवनका तामाङ समुदायले सोनाम ल्होछार भव्यरूपमा मनाएका छन् । भरतपुर नगर तामाङ समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन् । ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयले नाचेर मनोरन्जन गरेका हुन् ।
भरतपुर गुम्बामा सेलो गायक प्रितम गोले, जलबहादुर जिम्बा, लोक तथा दोहोरी गायक राज लामालगायतका कलाकारहरूले सेलो, सालैजोलगायतका मौलिक गीत गाएर भरपुर मनोरञ्जन दिलाए । गायक राज लामाले ‘पूर्वैै र दिशा घाम लाग्दै आयो’ बोलको सालैजो गीत गाएर सांगीतिक कार्यक्रमको सुरूवात गरे। त्यसपछि ‘जाले रूमाल बैना’ गीत गाएर माहोल तताउने प्रयास गरे ।
बीचबीचमा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य हेर्दै मनोरञ्जन लिइरहेका दर्शकसामु जलबहादुर जिम्बाले ‘डान्सिङ’ गीत गाउँदै दर्शक उफारे । ‘देख्छु साह्रै ब्यूटी’, ‘सिंगल हौ कि डबल’, ‘हेर्छौ फेसबुक टिकटक’ जस्ता गीतमार्फत मनोरञ्जन दिलाउने प्रयास गरे ।
सेलो गीतमा स्थापित अर्का गायक प्रितम गोलेले पनि करिब आधा घण्टा गीत गाएर मनोरञ्जन दिलाउने प्रयास गरे । तामाङ भाषा र नेपाली भाषामा मौलिक भाका गाए। ‘हामी त तामाङ हो’, ‘माथि त गुराँसे पाखा’, बाह्रबीसे बजार’, ‘गोजी रि गाँठ मुला’लगायतका गीतमार्फत आफ्नो आवाज सुनाए । साँझसम्म भएको कार्यक्रममा दर्शकले नाचेरै साथ दिए ।
भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ लामा तामाङले ल्होछार पर्वकै कारण तामाङ जातिको पहिचान जोगिएको बताइन् । ‘पछिल्लो समय बसाइसराइका कारण लोप हुने अवस्थामा पुगेको भाषा संरक्षण र धर्म परिवर्तनका कारण हराउन लागेको जातीय संस्कृति ल्होछार पर्वले नै बचाएको छ,’ उनी भन्छिन् ।
कार्यक्रममा तीन जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा विशिष्ट लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर वडा नंं ११ का कमल मल्ल रहेका थिए ।
भरतपुर–११ कै लामाटोलमा रहेको विश्व पञ्चशील बुद्ध गुम्बाले पनि आइतबार भव्य कार्यक्रम गरेर ल्होछार पर्व मनाएको छ । बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा कलाकारहरू प्रतिक मोक्तान, हावा लामा, सोयल लामा, दामु शेर्पालगायतले सांगीतिक धमाका दिए ।
गुम्बाकी अध्यक्ष शिवकुमारी लामाका अनुसार संस्कृति संरक्षण गर्न पनि ल्होछार जस्ता चाडपर्वले महत्त्वपूर्ण भूमिका खेलेको छ । ‘हाम्रो भाषा, धर्म र संस्कृति बचाउन यस्ता खालका चाडपर्वले विशेष भूमिका खेलेको छ,’ उनी भन्छन्, ‘त्यसैले यस्ता खालका कार्यक्रमको लागि राज्यले पनि चासो देखाउनुपर्छ । किनकि हरेक जातिको भाषा, धर्म र संस्कृति राज्यको सम्पत्ति हुन् ।’
भरतपुरबाहेक चितवन जिल्लामा तामाङ समुदायको बाक्लो बसोबास रहेका अन्य क्षेत्रमा पनि आइतबार धुमधामका साथ सोनाम ल्होछार पर्व मनाएका छन् । एकापसमा भेला भई शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा तामाङ समुदायले मनाए ल्होछार, ख्याति प्राप्त कलाकारको प्रस्तुति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












