२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति : २०७९ माघ ९ गते
sketch

म्याग्दी / म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलगौरमा आज (सोमबार) दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर ८ जना घाइते भएका थिए । घाइतेमध्ये गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर घाइते भएकामध्ये मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
यस्तै, मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97