२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

प्रकाशित मिति : २०७९ माघ ९ गते
sketch
- ADVERTISEMENT -

म्याग्दी / म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलगौरमा आज (सोमबार) दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर ८ जना घाइते भएका थिए । घाइतेमध्ये गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर घाइते भएकामध्ये मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
यस्तै, मङ्गला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला–२ की २२ वर्षीया विपना कार्की, मङ्गला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -