चितवन / नारायणी नदी किनारमा एक महिने साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ बिहीबारदेखि संचालनमा आएको छ । शहरी विकास मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गरेका हुन् ।
मन्त्री पाण्डेले उद्घाटनमा बोल्दै हिन्दुको लागि मात्र नभएर विश्वशान्तिको लागि महायज्ञ आयोजना भएको विश्वास व्यक्त गरेका छन् । उनले नेपाल ऋषिमुनिले तपस्या गरेको तपोभूमि भएकाले पूर्ववत रुपमा शान्ति चाहेको बताए ।
‘नेपाल ऋषिमुनिले तपस्या गरेको तपोभूमि हो । यो भूमि पूर्ववत रुपमा शान्ति होस् । सुव्यवस्थित होस्’ उनले भने, ’दानवहरुको पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवानसँग पुकार गरेको छु ।’
श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु भएको हो ।
महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले नारायणी किनारमा हुँदै आएको आरतीलाई निरन्तरता दिन महायज्ञ आयोजना गरिएको बताए । फागुन १२ गते सकिने महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवन गर्ने उनको भनाइ छ । महायज्ञका वरिष्ठ सल्लाहकार टंकनाथ पौडेलले नेपालमा २०५७ सालपछि कोटिहोम यज्ञ हुन लागेको बताए ।
त्यस्तै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न जनमत संग्रह गर्नुपर्ने धारणा राखे । हिन्दु राष्ट्रको लागि पिठाधिसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने उनको तर्क थियो । महायज्ञमा कोटिहोम यज्ञ पनि बिहीबार साँझबाट नै सुरु भएको छ । महायज्ञको उद्घाटनअघि विभिन्न टोलि विकास संस्था र आमा समूहले कलश यात्रा निकालेका थिए ।
महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । यज्ञ गर्न दैनिक करिब सात क्विन्टल चरु आवश्यक पर्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणी नदी किनारमा विश्वशान्तिको लागि महायज्ञ सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












