भरतपुर / उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमको आयोजना गरी ६३औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा बिहीबार औपचारिक कार्यक्रम सहित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै संघका अध्यक्ष श्री चुननारायण श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याई पु¥याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउंदै आगामी दिनहरु मा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताउनु भयो ।
उहा“ले सार्वजनिक नीजि साझेदारी अवधारणा अन्र्तगत संघले गरेका व्यवसायीकहित लगायत पूर्वाधार विकासका कार्यक्रमहरु अनुकरणिय रहेको बताउनु भयो । शुभकामना मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् संघकापूर्व अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिला नै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताउनु भयो ।
उहा“ले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायीक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउंदै अग्रज लगायत पूर्व कार्यसमिति र बर्तमान कार्यसमितिप्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग वाणिज्य संघ–चितवनको इतीहासको बारेमा जानकारी गराउदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवन जिल्ला लाई विकास गर्ने क्रममा भौतीक पुर्वधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताउनु भयो ।
सोही कार्यक्रममा संघको पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य सहनलाल प्रधानले निजी क्षेत्रको प्रतिनिधिमूलक यस संस्थाले वर्गिय हितका साथसाथै सामाजिक उत्तरदायित्वका थप कार्यहरु सम्पन्न गरेको बताउंदै आगामी दिनहरुमा पनि थप समय सापेक्ष कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध गनुभयो । उहांले निजी क्षेत्रका समस्या समाधानका लागि उवासंघ चितवन र नेपालउद्योग वाणिज्य महासंघ सदैव क्रियासिल रहने बताउनु भयो ।
यस्तै फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेले बस्तुगतको तर्फवाट संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उहा“ले बैंक व्याज वृद्धिका कारण व्यवसायीहरु समस्यामा परेको र यस समस्याको समधानका लागि पहल गर्न उद्योग वाणिज्य संघ–चितवनलाई आग्रह गर्नुभएको थियो ।स्थापना दिवसको कार्यक्रममा संघले ६३ वटा दिपप्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७० जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् ।
सो अवसरमा चितवन महोत्सव २०७९ टिकट चिट्टा कम्प्यूटर माध्यमबाट खाोलिएको थियो । महोत्सवको विक्री टिकटवाट प्रथम हुन सफल लोटरी नं २३५९३३,विद्यार्थी टिकट नं २७७३४, द्वितीय,लोटरी नं २४२३४९ विद्यार्थी टिकट नं ३४१५०, र तृतीय११९२९८ रहेको छ ।
कार्यक्रममा चितवन महोत्सव कार्य सम्पादनमा सहयोगी भुमिका निर्वाह गरेका कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गर्ने कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री रामप्रसादश्रेष्ठ, श्री प्रचण्डलाल प्रधान,श्री रमेशकुमार पिया, श्री उदयकुमार श्रेष्ठ, श्री उत्तमलाल चुके , श्री कल्याण जोशी लगायतसंघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।
संघमा आयोजित स्वास्थ्य परिक्षण कार्यक्रमको लागि नेसनल सिटि हस्पिटल भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनकावरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उवा संघ–चितवनले मनाए ६३औं स्थापना दिवस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












