२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा बैंकको चर्को ब्याज विरुद्ध सडकमा उद्योगी–व्यवसायी

प्रकाशित मिति : २०७९ माघ २३ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा बैंकको चर्को व्याज विरुद्ध उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरु लायन्सचोकमा प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका हुन् ।
उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकल अंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेका छन । संघको आव्हानमा भएको प्रदर्शनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल गरेको आरोप लगाउँदै ‘अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो’, उनले भने ‘समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन, अब निरन्तर आन्दोलनमा उत्रिने बताए ।
अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । ७–८ प्रतिशतको व्याजदर अहिले १६–१७ प्रतिशतसम्म पुगिसक्यो, उनले भने, व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।
चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री नरहेको जीकिर गर्दै उनले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंकबीचनै तालमेल नभएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए । । ‘पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ’, उनले भने ‘तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।’
उनले उद्योगी–व्यवसायी निराश भएर देहत्याग गर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले बेलैमा सोच्नुपर्ने बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायी आत्मदाह गर्ने अवस्थासम्म पुग्दासम्म पनि सम्बन्धीत निकायको ध्यानाकर्षण नभएकोले विरोधका कार्यक्रमको आयोजना गरिएको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । ‘उद्योग–व्यवसाय नै धरासायी हुन थाल्यो, कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्या’, उनले, ‘देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।’
संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गरे । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताए ।
संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताउनु भयो । संघका कार्यकारी निर्देशक निलबहादुर केसीले व्यवसायी प्रेमप्रसाद आचार्यको १३ औँ दिनको पूण्य तिथिमा आचार्यप्रति श्रदाञ्जली सभा समेत गरिएको बताए ।
उद्योग वाणिज्य संघले यस पूर्व नै सम्बन्धीत निकायको ध्यानार्कषण गराउने, विज्ञप्ती प्रकाशन गर्ने, डेलीगेशन जाने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पत्रकार सम्मेलन गर्ने लगाएतका कार्य गर्दा पनि हालसम्म कुनै सुनवाई नभएकोले आन्दोलनको कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक के.सीले बताए ।
उद्योग वाणिज्य संघ–चितवनको नेतृत्व र पहलमा आजै (सोमबार) चितवन जिल्लाका रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, कालिका उद्योग वाणिज्य संघ, माडी उद्योग वाणिज्य संघ, इच्छाकामना उद्योग वाणिज्य संघ, नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघहरुले पनि एकै समयमा आन्दोलनको कार्यक्रमहरु गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52