चितवन / चितवनमा एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।
चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
उनले पक्राउ गरिएका उनीहरुमाथि ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको बताए । पक्राउ परेकाबाट एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको छ ।
सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ ।
पक्राउ परेका निजहरुबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताए । हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागु औषधसम्बन्धी एक सय छ वटा निवेदन दर्ता गरिएको छ ।
- ADVERTISEMENT -

चितवन प्रहरीद्वारा एक वर्षमा २ सय २४ जना फरार प्रतिवादी पक्राउ
February 9, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
