२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

सिम्जुङ–चितवन सेवा समाज गठन, अध्यक्षमा भीमप्रसाद दवाडी

प्रकाशित मिति : २०७९ माघ २८ गते

चितवन । गोरखाको साविक सिम्जुङ गाविसबाट चितवन बसाइसराइ गरी आएका स्थानीयले सिम्जुङ–चितवन सेवा समाज गठन गरेको छ । केही महिनाअघि जयराम दवाडीको संयोजकत्वमा गठन भएको तदर्थ समितिले शनिबार भरतपुरमा बृहत् भेला गराई कार्यसमिति गठन गरेको हो । पूर्व शिक्षक भीमप्रसाद दवाडीको अध्यक्षतामा शनिबार १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समाजको उपाध्यक्षमा छविलाल दवाडी, सचिवमा चेतनाथ दवाडी, कोषाध्यक्षमा टकमाया गुरूङ, सह–सचिवमा प्रेमकुमार गुरूङ र सह–कोषाध्यक्षमा हरिचन्द्र दवाडी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा उमेशबाबु दवाडी, सन्तोष दवाडी, सुस्मिता भट्ट लामिछाने, तुलमान गुरूङ, माधव लामिछाने, धनबहादुर गुरूङ, कृष्ण दवाडी अनिता दवाडी र विनिता दवाडी चयन भएका छन् ।
शनिबारकै भेलाले सल्लाहकार समितिसमेत चयन गरेको छ । जिल्ला कार्यसमितिले तदर्थ समितिका संयोजक जयराम दवाडीको संयोजककत्वमा लक्ष्मीकान्त दवाडी, विष्णुदत्त दवाडी, कृष्णप्रसाद दवाडी र रामकाजी श्रेष्ठ सदस्य रहने गरी सल्लाहकार समितिसमेत चयन गरेको हो ।
यस्तै तुलमान गुरूङको संयोजकत्वमा प्रसाद तामाङ सदस्य रहने गरी प्रेस सल्लाहकार समिति गठन गरेको छ । समितिले एक सदस्य पछि मनोनित गर्नेछ । यस्तै डालचन्द्र दवाडीको संयोजकत्वमा भागवत लामिछाने र पूर्णचन्द्र दवाडी सदस्य रहने गरी अनुसाशन समिति गठन गरेको छ । भरतपुर–११ कमलादेवी मन्दिर परिसरमा भएको भेलामा करिब १५० जनाको उपस्थिति थियो ।
हाललाई गोरखाको साविक सिम्जुङ गाविसबाट विभिन्न पेसा तथा व्यवसायको लागि स्थायी तथा अस्थायी तरिकाले चितवन आएर बसोबास गर्दै आएकाहरूलाई संगठित बनाउने र भइपरि आउँदा साथ सहयोग दिलाउने उद्देश्यले समाजको गठन गरिएको हो ।
साविकको सिम्जुङ गाविस संघीय संरचनाअनुसार अजिरकोट गाउँपालिकाको वडा नं.४ भएको छ । यो वडाभित्र सिम्जुङ, पात्ले, सिरूबारी, महभीर, ताप्ले, सिरानडाँडा, लामे, गोगनपानी, आरनडाँडा, हरेनघडेरी, बाँझे, दक्षिणटोल, डाँडागाउँ, गैरीगाउँ, झ्याँवा, पोखरी, पोखराटार, बालुला, ढोडेनीलगायतका गाउँ पर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11