चितवन / मानसिक सन्तुलन ठीक नभएको एक जना त्रिशुलीमा खसेर मृत्यु भएको छ । ईच्छाकामना गाउंँपालिकास्थित तीन नम्बर पुलको किनाराबाट आज (आइतबार) बिहान सांँढे ११ बजे त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ६५ बर्षीय ती पुरुष हिँड्ने क्रममा त्रिशुली नदीमा खसेका थिए । मृतकको हालसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।
उनी मुग्लिङ्ग बजारमा मागेर खाई हिंड्ने गरेको र आज मोटेरेबल पुलको साइडबाट त्रिशुली नदी किनारमा पुगेको बताइएको छ । उनलाई उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल पठाईएको थियो ।
उनको शरीरको विभिन्न भागमा चोट पटक लागेको उपचारको क्रममा दिउसो १ बजेर ४८ मिनेटमा मृ्त्यु भएको प्रहरीले जनाएको छ ।
त्रिशुली नदीमा खसेर एक जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
