२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भेटेरान कप क्वाटरफाइनलमा एकै दिन चार टोली

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते

चितवन / स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आइतबार चार खेल सम्पन्न भएको छ । पहिलो खेलमा बर्दघाट भेटेरानले अभिषेक चर्च भेटेरान रजहरलाई निराश बनायो ।प्रतिस्पर्धात्मक खेलमा बर्दघाट १–० ले विजयी भयो । बर्दघाटको जितमा भरत गुरुङले गोल गरे । उनले तेस्रो मिनेटमा नै गोल गरेका थिए । बाँकी समयमा थप गोल हुन सकेन र बर्दघाट विजयी भयो ।
यो जितसँगै बर्दघाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा चाबेल भेटेरानले हेटौंडा भेटेरानलाई ३(१ ले पाखा लगायो । चाबेलको जितमा नरेश श्रेष्ठले दुई तथा उत्तर खनालले एक गोल गरे । खेलको दोस्रो मिनेटमा उत्तरले गोल गर्दै चाबेललाई अग्रता दिलाए । १३ औं मिनेटमा नरेशले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३ औं मिनेटमा नरेशले व्यक्तिगत दोस्रो गोल गर्दै चाबेलको जित सुनिश्चित गरे ।
आजकै तेस्रो खेलमा साबिक विजेता फ्रीडम फाइटर ठमेलले फूपू सैनिक जबई स्पोर्टिङलाई ३(२ ले पाखा लगायो । एक गोलले पछि परेको ठमेलले पुनरागमन जित निकाल्यो । ठमेलको जितमा राजकुमार घिसिङले दुई तथा नरेन्द्र लामाले एक गोल गरे । अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो विजयी भयो । चितवन रातोले भनी मण्डल ललितपुरलाई १–० ले पराजित ग¥यो ।
खेलको १२ औं मिनेटमा ललितपुरका दीलिप थापाले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै चितवनलाई जिताउन पर्याप्त भयो । चितवनका विजय राई म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा सोमबार तीन खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भिड्नेछन् ।
दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लब र बगरभाई खलक तथा तेस्रो खेलमा कलकत्ता भेटेरान र फ्रेन्ड्स भेटेरान भिड्नेछन् । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72