फ्रेबुअरी १४ अर्थात् प्रणय दिवस (भ्यालेन्टाइन्स डे) । विश्वभरका प्रेम गर्ने प्रेमिल जोडीहरुका लागि विशेष दिन । पछिल्लो समय अंग्रेजी वर्षको फ्रेबुअरी महिनाको आगमनसँगै प्रणय दिवसको विश्वव्यापी चर्चा हुनुका साथै भ्यालेन्टाइन्स डे सबैको साझा पर्वजस्तै बन्न पुगेको छ । हरेक दिन केही न केही दिवसका रुपमा मनाइँदै आए पनि यस दिवसले महत्वपूर्ण स्थान लिने गरेको पाइन्छ । नेपालमा यो दिवस मनाउन थालिएको एक दशकमात्रै भए पनि नेपाली समाजमा यसको गहिरो प्रभाव परिसकेको छ । प्रायः नेपाली क्यालेन्डरअनुसार फागुन २ गते पर्ने यो दिवसको प्रभाव गाउँ–सहर, होटल–रेष्टुराँ, पार्क–बगैँचा, नदी, पुल, सपिङ सेन्टरलगायत सबै स्थानमा देख्न पाइन्छ । उसो त यस दिवसको प्रभाव साताभरि नै जारी रहने गर्छ । यसै दिवसलाई आधार मानेर सौराहामा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)ले फुड फेस्टिवल आयोजना गरेको छ भने पटिहानीस्थित घटगाइको राप्ती नदीकिनारमा ‘अम्ब्रेला स्ट्रीट’को उद्घाटनसँगै पटिहानी फुड फेष्टिवल सुरू भएको छ । यसबाहेक विभिन्न व्यावसायिक संस्थाहरुले पनि विभिन्न सांगीतिक, मनोरञ्जनात्मक, खेलकुद तथा फुड फेस्टिवलजस्ता कार्यक्रमहरु आयोजना गरेका छन् । प्रणय दिवस प्रायः युवायुवतीका लागि विशेष पर्वजस्तै हुँदै आएको छ । प्रणय दिवस आउनुभन्दा अगावैदेखि यसैको स्मरणमा विभिन्न कार्यक्रम तय भएका हुन्छन् । घूमफिर, खानपिन, मनोरञ्जन र प्रेमालापका श्रृंखला चलिरहे पनि यसको ज्वरो भने केही दिनसम्म नै रहिरहेको देखिन्छ ।
सन्त भ्यालेन्टाइनलाई शाश्वत् प्रेमको प्रतीक मान्दै युवायुवतीदेखि बूढाबूढीसम्मले यस दिवसप्रति विशेष चासो र सरोकार राख्ने गरेका छन् । प्रेम शाश्वत् छ र यसका कारण नै मानवता जीवित रहने विश्वास गरिन्छ । वर्तमान समयमा एकअर्काप्रति घृणाको भाव वृद्धि भइरहेको सन्दर्भमा सच्चा प्रेम अपरिहार्य हुन गएको छ । हामीमाझ समस्याहरुका पहाड दिनप्रतिदिन थपिँदै गइरहेका छन् । यो नेपाली समाजको मात्रै चित्रण होइन, समग्र राजनीतिमा देखिएको समस्या पनि हो । मुलुकमा राजनीतिक परिवर्तनपश्चात् पनि न शासक वर्गमा प्रेम छ, न विपक्षीहरुमा नै अनुराग । वर्तमान परिप्रेक्ष्यमा तमाम् समस्याहरु हल गर्न खाँचो छ त केबल शक्तिशाली प्रेमकै । सहकार्य, सहमति र एकताको राजनीतिबाटै देशको हित हुन्छ र जनतामा आशाको सञ्चार हुन्छ । घृणाले तिरस्कार र विकर्षण भाव पैदा गराउँछ । हुन त, भ्यालेन्टाइन्स डेलाई युवायुवतीको प्रेम साटासाट गर्ने अवसरका रूपमा लिने गरिए पनि यो विशेष दिनले शाश्वत् प्रेमलाई नै अनुसरण गरेको देखिन्छ । नेपालको परिवेशमा समाजमा सम्बन्धहरु कसिलो र रसिलो बन्न नसकिरहेको परिप्रेक्ष्यमा यो दिवसले सकारात्मक सन्देश प्रदान गर्ने विश्वासचाहिँ गर्न सकिन्छ । हाम्रो समाजमा देखासिकीरुपमा गाँसिने प्रेम दीगो बन्न नसकेका थुप्रै दृष्टान्त छन् । सामाजिक सञ्जालहरुको बढ्दो उपस्थितिका कारण प्रेम सम्बन्धहरु जति छिटो विकसित हुन्छन् त्यत्तिकै मात्रामा भत्किएका, टुटेका उदाहरण पनि छन् । प्रणय दिवसले प्रेम सम्बन्धहरुलाई अमर बनाउन सक्नुपर्छ ।
प्रेम गर्ने जोकोहीले आफ्नो जोडीबाट मायाप्रेम, सम्मान र इज्जतको चाहना राखेको हुन्छ । विश्वासको संकट, शंका, हेपाई, बेवास्ता र लापर्बाहीजस्ता कुराहरु सम्बन्ध टुक्र्याउने कारक हुन् । प्रेम गर्नेहरुले यस्ता आधारभूत कुराहरुलाई सधैँ ख्याल राख्दै आफ्नो प्रेम सम्बन्धलाई थप कसिलो, दीगो र विश्वासिलो बनाउन सक्नुपर्छ । प्रणय दिवसको सान्दर्भिकता व्यापक भएकाले यस विशेष दिनलाई दुरुपयोग गरेर होइन, स्मरणीय बनाउन सक्नुपर्छ । हरेकका जीवन प्रेममय हुने हो भने जस्तोसुकै चुनौतीहरु पनि पार लगाउन सकिन्छ । प्रेमविहीन यात्राको कुनै गन्तव्य हु“दैन । वास्तवमा, प्रेम जीवनप्रतिको महान् आकर्षणमात्र होइन, शिष्ट र विशिष्ट अनुसरण पनि हो । जसको जीवनप्रति नै आकर्षण छैन, उसको प्रेमयात्रा असफलतामा परिणत हुनसक्छ । आगामी दिनमा यो दिवसको गरिमा र महत्वलाई बोध गरेर सबैले जीवनमुखी र समयमुखी बनाउन सके प्रणय दिवस अझै सार्थक बन्ने विश्वास गर्न सकिन्छ ।
- ADVERTISEMENT -

सन्दर्भ प्रणय दिवसको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














