२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तोडफोड र आगजनी गर्ने पन्ध्र जना पक्राउ

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते

काठमाडौँ / नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा संलग्न १५ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले घटनामा संलग्न १५ जनालाई फागुन १ गते सोमबार पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् ।
सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकाश गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालक रहेको जानकारी दिए । गत सोमबार यातायात मजदुरले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए ।
पक्राउ परेकामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45