काठमाडौं / बैदेशिक रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । उनीहरुलाई युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौंको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै उनीहरुले ठगी गर्ने गरेको आरोपमा पक्राउ परेको हो ।
उनीहरुले आफू मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस डाक्टर पेशा गर्ने भन्दै पीडितहरुलाई प्रभाव पार्ने गरेको प्रहरीले बताए ।
पीडितहरुलाई सुनिता परियारको नाममा २३ लाख बराबरको रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेका थिए । यसबारे ४ जनाको उजुरी परेको भन्दै प्रहरीले अभियुक्तहरुलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।
२३ लाख ठगी आरोपमा दुई जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
