२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

दुर्घटना न्यूनीकरणको चुनौती

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते

नेपालमा दिनहुँजसो सडकमा सवारी दुर्घटनाका खबर सार्वजनिक हुँदै आएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा विगत चार वर्षमा दस हजार बढीको मृत्यु भएको छ । यस्तै, सो अवधिमा २५ हजार मानिस गम्भीर घाइते भएका छन् । प्रहरीको यही तथ्यांकलाई आधार मान्दा दैनिक औसत ७ जनाको मृत्यु सवारी दुर्घटनाका कारण भइरहेको छ । विगत दस वर्षमा विभिन्न सवारी दुर्घटनामा परी २३ हजार ११२ जनाको मृत्यु भएको थियो । विगत चार वर्षमा ८० हजारभन्दा बढी सडक दुर्घटना भएका छन् । नेपालमा प्रत्येक महिना औसतमा १८२ जनाको मृत्युको कारण सडक दुर्घटना बनेको छ । सडक दुर्घटनाको प्रमुख कारण सवारी साधनको तीव्र गतिलाई मानिएको छ । तीव्र गतिकै कारण नेपालमा धेरै दुर्घटना हुने गरेको पाइएको छ । नेपालमा बढ्दो दुर्घटना र जनधनको क्षति डरलाग्दो रुपमा बढे पनि सरकारले दुर्घटना न्यूनीकरणमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन ।
सरकारले सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने क्षति ५० प्रतिशत घटाउने लक्ष्य राखेको छ । तर, कार्यान्वयन पक्ष फितलो भएका कारण सो लक्ष्य हासिल हुने सम्भावना न्यून छ । गृहमन्त्रालयले सडक जोखिम न्यूनीकरण कार्ययोजना सार्वजनिक गर्दै सडक दुर्घटनामा हुने मृत्युको संख्यालाई सन् २०२० सम्म एक हजार ७००, सन् २०२५ सम्म एक हजार २०० र सन् २०३० सम्म ७०० सयमा झार्ने उल्लेख गरेको छ । सडक जोखिम न्यूनीकरण गर्न नेपालले बनाएका कार्यक्रम र कार्ययोजनाअनुसार काम हुन नसकेका कारण लक्ष्य पूरा गर्नेभन्दा पनि लक्ष्यलाई झन् टाढा बनाउने कार्य भइरहेको तथ्यांकले देखाएको छ । नेपालमा ट्राफिकसम्बन्धी जनचेतना, तालिम, वैज्ञानिक तरिकाले सडकको निर्माण हुन नसक्दा दुर्घटना बढ्दै गएका छन् । जसका कारण मानवीय क्षति पनि बढ्दै गएको छ ।
सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्यांकले देखाएको छ । दुर्घटना बढी हुने सवारीसाधनमा ट्रक तथा ट्यांकर, टिप्पर, बस, माइक्रो, जिप तथा कार, डोजर, लोडर, एक्स्काभेटर, ट्रयाक्टर र अन्य सवारीसाधन छन् । नेपालमा सवारी चालकका कारण बढी दुर्घटना हुने गरेका छन् । यस्तै, यात्रु, सडकको अवस्था, मौसम, पशुचौपायाको कारण पनि दुर्घटना हुने गरेका छन् । तीव्र गति, ओभरटेक, मादक पदार्थ सेवन, यात्रुले बाटो काट्दा र ट्राफिक नियम उल्लंघन गर्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । दुर्घटना बढ्नुको प्रमुख कारण ट्राफिकसम्बन्धी जनचेतनाको अभाव हुनु नै हो । नेपालका धेरैजसो चालकले सवारी अनुमतिपत्र लिनकै लागि मात्र ट्राफिकसम्बन्धी ज्ञान लिने गरेको पाइन्छ । यस्तो अवस्थामा सर्वप्रथम चालकलाई लक्षित गरी तालिम दिनु अपरिहार्य देखिएको छ । ट्राफिक सचेतना विद्यालय शिक्षादेखि नै अनिवार्य गर्न सकिएमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68