२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

८ दलीय गठबन्धनको बैठक सुरु

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताए ।
द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।
न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको थियो । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए ।
यस्तै, आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको बारेमा पनि सो बैठकमा छलफल हुनेछ । उक्त पदका लागि ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट सुवास नेवाङ् उम्मेदवार बनेका छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्न पाउनेछन् ।

- ADVERTISEMENT -