–बबिलाल तामाङ
चितवन । राप्ती नगरपालिका मेयर शमशेर लामाले जनजातिका नेताहरुबाटै जनजातिको मुद्दालाई बेवास्ता गरेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश (नेवाः–ताम्सालिङ) को मंगलबार सम्पन्न पाँचौं प्रादेशिक भेलामा मेयर लामाले सो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर लामाले जनजाति नेताहरुको बिचार जुनसुकै भए पनि आदिवासीको मुद्दामा सबै एक हुनु पर्नेमा जोड दिए । उनले बागमती प्रदेशमा आदिवासी जनजातिहरुको थाकथलो अत्यधिक भएपनि नेवाः तामसालिङ प्रदेश गठन गर्न नसक्नु दुःखद भएको जिकिर समेत गरे ।
‘अबका दिनमा हामीले समीक्षा गर्नुपर्ने बेला आएको छ’ उनले भने, ‘अरुलाई दोष दिनुभन्दा आफैँ सच्चिनु पर्छ अनि मात्र जनजातिको समस्यालाई समाधान गर्न सकिन्छ ।’ जनजाति नेताहरुले बिचारलाई सत्यमा रुपान्तरण गरी सही मार्गतर्फ उन्मुख भए मात्र सफलता प्राप्त हुने उनको भनाइ थियो ।
उनले राप्ती नगरपालिकामा १३ वडामध्ये जनजातिको ८ वटा वडाअध्यक्ष भएर पनि काम गर्न नसकिएको गुनासो गरे । नगरपालिकाको कार्यपालिकामा जनजातिका वडाध्यक्षहरुको बहुमत भएर पनि हरेक निर्णय गर्न नसकिएको बताए । जनजातिकै नेताहरु कार्यविधिमा तगारो भएकै कारण गति लिन नसकेको उनको भनाइ छ ।
आगामी दिनमा एक्लै भए पनि अठोटका साथ अघि बढ्नुपर्ने बेला आएको र जनजाति पत्रकारहरुलाई सहयोगको लागि उनले आग्रह समेत गरे । जनजाति नेताहरु विभाजित भएकै कारण हाम्रा मुद्दालाई उठान गर्न नसकिएको उनले धारणा राखे ।
जो जो जुनसुकै विचार धाराको भएपनि एउटै भूगोलमा बस्ने जनजाति भएकाले सबैले एक्यबद्धता भएर लागेमा मेयर, उपयमेर मात्र नभई भोलि सरकार हाँक्न सकिने उनको भनाइ थियो ।
“पहिचान र अधिकारका लागि समावेशी संचार ऐन कानुन निर्माण, संविधान कार्यान्वयनको आधार“ भन्ने नाराका साथ आयोजित दुई दिने प्रादेशिक भेलाले फागुन २७ र २८ गते सर्लाहीमा हुने फोनिजको विधान अधिवेशन लक्षित सुझाव पेश गर्ने निर्णय गरेको छ ।
भेलाले सम्पूर्ण आदिवासी जनजाती पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सबै जिल्लामा “बागमती फोनिज जागरण“ अभियानको रुपमा प्रशिक्षण तालिम दिने पनि निर्णय गरेको छ ।
कार्यक्रममा फोनिज संघीय सचिव समीर बलामी, संघीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज पेमा लामा, राप्ती नगरपालिकाका उप प्रमुख देवेन लामा, राप्ती न.पा. वडा नं ५ का वडाअध्यक्ष सिताराम बल तामाङ, फोनिज बागमती प्रदेश सल्लाहकार कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाती महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश थारु, तामाङ पत्रकार संघ, चितवनका सचिव प्रकाश तामाङ, नेपाल तामाङ घेदुङका संघीय सचिव गोपाल सिंह लामा लगायतले मन्तव्य दिएका थिए ।
भेलाले फोनिज जिल्ला शाखा दोलखाका पूर्व कन्द्रीय सदस्य शेरबहादुर भुजेलको असामयिक निधन प्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।
१३ बुँदे राप्ती घोषणाा पत्र जारी गर्दै सम्पन्न भएको भेला चितवन जिल्लाको राप्ती नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रमा सम्पन्न भएको थियो । कार्यक्रमका फोनिज प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

जनजाति नेताहरु आदिवासीको मुद्दामा सबै एक हुनुपर्छ – मेयर लामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












