२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चर्चित गजलकार शीतल कादम्बिनीको ‘सिन्का पाउँरू’ माथि चर्चा

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते

चितवन / चर्चित गजलकार शीतल कादम्बिनी गुरूङले औपन्यासिक कृति ‘सिन्का पाउँरू’माथि शनिबार नारायणगढमा चर्चा गरिएको छ । अक्षर समूह चितवनले आयोजना गरेको ‘पाठकको अदालतमा सिन्का पाउँरू’ नाम दिइएको कार्यक्रममा लेखक गुरूङसँग बहस गरिएको हो ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेको उक्त कार्यक्रममा लेखक गुरूङले गुरूङ समुदायको पुरानो समयकै कथा लेख्न मन लागेर उपन्यासमार्फत पाठकसामु उपस्थित भएको बताइन्। ‘सिन्का पाउँरूमा केही मेरा कुरा छन्, केही अरूका पनि,’ उनले भनिन्, ‘यसलाई पाठकले कसरी मूल्यांकन गर्नुहुन्छ। त्यो उहाँहरूकै कुरा हो ।’
उपन्यासमा गुरूङ समुदायमा प्रचलित संस्कृतिलाई उतार्ने प्रयास गरिएको छ। मौलिक संस्कृतिले धनी जाति भनेर परिचय बोकेको गुरूङ समुदायकै विषयवस्तुलाई उपन्यासको मुख्य कथा बनाएर गुरूङ समुदायको पहिचानलाई थप फराकिलो बनाउने प्रयास गरिएको तमू सञ्चारकर्मी संघकी सल्लाहकार एवम् अग्रज पत्रकार अनिता गुरूङले बताइन् ।
‘उपन्यासले थुप्रै ठाउँमा गुरूङ समुदायको साँस्कृतिक पक्षलाई उतार्ने प्रयास गरिएको छ,’ उनले भनिन्, ‘उपन्यासले गुरूङ समुदायका साँस्कृतिक आयाम बोकेको छ। र, समग्रमा गुरूङ जाति संस्कृतिमा कति धनी छन् भन्ने उदाहरण पनि देखाइएको छ ।’
समालोचक उदय अधिकारीले मुख्य पात्र मौसमीको उपस्थिति पुस्तकमा बलियोरूपमा उदाएको बताए। कवि गोविन्दराज विनोदीले नेपाली आख्यान बजारमा पछिल्लो समय राम्रो उपन्यास आएको बताउँदै लेखकले आफ्नै कथालाई उपन्यासमार्फत समाजमा उपस्थिति जनाउन सफल भएको बताए । कवि माया गुरूङले सिन्का पाउँरू पढ्दै गर्दा प्रमुख पात्र मौसमीको साहस र संघर्षले मन जितेको प्रतिकृया दिइन् ।
कार्यक्रममा न्यायाधीश बनेका गजलकार धनराज गिरीले वास्तविक जीवनमा भन्न नसकिएका कुरालाई लेखकले उपन्यासको माध्यमबाट बताउन सफल भएको बताए । विषयवस्तु र लेखन दुवै कोणबाट हरेक पाठकको रोजाइमा पर्ने बलियो उपन्यास लेख्न सफल भएको उनले दाबी गरे । ‘अब जुनसुकै पुरस्कारका लागि पनि यो उपन्यास दाबी गर्न योग्य बनेको छ,’ उनले भने। लेखक कादम्बिनीको ‘कहाँ थियौ रंगमञ्च उठेपछि आयौ’, ‘धेरै चोटि मरेँ म त धेरै चोटि बाँचेँ’, ‘ओए झुमा, झुमा झुम्कावाली’लगायतका गजल चर्चित छन्।
लेखक गुरूङलाई पाठकको अदालतमा उभिनुपूर्व तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले स्वागत तथा सम्मान गरेको थियो । गुरूङ समुदायबाट नेपाली साहित्यको श्रृवृद्धिमा लागेर समग्र गुरूङ जातिकै उपस्थितिलाई बलियो बनाउन सफल भएको भन्दै चितवन जिल्लाका गुरूङ समुदायले शनिबार सोही अवसरमा स्वागत तथा सम्मान गरेको हो । ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले शीतल कादम्बिनी गुरूङले आफू गुरूङ भएकै नाताले गुरूङ जातिकै विषयलाई बाहिर ल्याउन खोज्नु सकारात्मक विषय भएको बताइन् ।
कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव सन्तलाल गुरूङ, बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य भैंखुकुमारी गुरूङ, तमू ह्यूल छोंज धीँ चितवनका पूर्वअध्यक्ष एवम सल्लाहकार चन्द्रमान गुरूङलगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68