काठमाडौं / नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन् । स्थानीय तहले फर्काएका उपसचिवहरूलाई संघीय मामिला मन्त्रालयले समेत हाजिरी गराएको छैन, जसबाट एक महिनादेखि उनीहरू घर न घाटका भएका छन् ।
शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ र फागुन १६ गते विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ ग¥यो ।
लामो समयदेखि विभिन्न स्थानीय तहमा कार्यरत निमित्त कर्मचारी झिक्न मन्त्रालयले एकैपटक ठुलो संख्यामा विभिन्न उपसचिवलाई स्थानीय तहमा खटाएको थियो । एकैपटक ५० जना उपसचिवलाई स्थानीय तहमा खटाएको विषयलाई मन्त्रालयले ठुलो उपलब्धिका रूपमा प्रचार गरेको थियो ।
तर ५० मध्ये आधाभन्दा धेरै ठाउँमा स्थानीय तहले केन्द्रले पठाएका कर्मचारी फर्काएका छन्। ‘संघीय सरकारले मलाई मोरङको रतुवामाई नगरपालिकामा सरुवा ग¥यो । सरुवा गरेको ठाउँमा म गए तर त्यहाँको मेयर नागेश्वरप्रसाद सिंह गन्जाईले हाजिरी गराउन मानेनन् । ‘तपाईँ काठमाडौँमै फर्कनुहोस् भने,’ फागुन ३ को लटमा सरुवा भएका नारायण न्यौपानले भने, ‘त्यसपछि म काठमाडौँ आएँ। संघीय मामिला मन्त्रालयसँग सम्पर्क गरे। तर मलाई संघीयले पनि हाजिरी गराएको छैन। अहिले म यता न उताको भएको छु ।’
यस्तो बिचल्लीमा न्यौपाने मात्र परेका छैनन्, ३० उपसचिव यस्तै सकसमा छन् । मन्त्रालयले समेत हाजिरी नगराएका उपसचिवहरूको दैनिकी भनेको अहिले सिंहदरबार आउने, मन्त्रालय अगाडि जम्मा हुने र साँझ घर फर्कने मात्र भइरहेको छ । स्थानीय तहले फर्काएका उपसचिवहरू अहिले ठुलो संख्यामा मन्त्रालय वरिपरि भेटिन्छन् ।
उनीहरूको काम भनेको मन्त्रालयका सचिव, सहसचिव तथा मन्त्रीसँग भेट्न खोज्ने र भेटेपछि गुनासो पोख्ने मात्रै रहेको छ । यस विषयमा मन्त्री तथा सचिवले चासो नदेखाएको उनीहरूको भनाइ छ । (यो समाचार नागरिक दैनिकमा छ ।)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

स्थानीय तहले फर्काएका ३० उपसचिव ‘घर न घाटका’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









