२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्व पानी दिवसको सन्दर्भ

प्रकाशित मिति : २०७९ चैत्र १० गते

‘परिवर्तनको गति बढाउने’ भन्ने संकल्पका साथ २२ मार्च अर्थात् विश्व पानी दिवस मनाइँदै छ । सन् १९९२ मा रियो दी जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसंघको वातावरण र विकाससम्बन्धी सम्मेलनको सिफारिसअनुसार सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले २२ मार्चलाई विश्व पानी दिवसका रुपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘पानी र सरसफाइ संकट समाधान गर्नको लागि’ भन्ने मूल सन्देशका साथ विश्वभर यो दिवस मनाइँदै छ । पानीबिना मानव जीवनको कल्पना नै गर्न सकिन्न । पानी वा जलको महŒवबारे अथर्व वेदमा भनिएको छ, ‘जल नै परम औषधि हो । जल रोगहरुको शत्रु हो, यसले सम्पूर्ण रोगहरुको नाश गर्छ । तसर्थ जलले तिमीलाई पनि सबै रोगव्याधिबाट मुक्त राखोस् ।’ नेपालमा पनि हरेक वर्ष यो दिवस मनाएर पानीको महŒव दर्शाउने गरिन्छ । जनसंख्याको तीव्र वृद्धिसँगै मानिस र प्रकृतिका लागि अत्यावश्यक पानीको समस्या अहिले विश्वव्यापी चासो र चिन्ताको विषय बन्न पुगेको छ ।
विश्वभरका मानिसले उपयोग गर्ने पानी र त्यसको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व पानी दिवस मनाइने गरिए पनि विश्वभर पानीको स्रोतको उचित संरक्षण हुन नसक्दा खानेपानीको हाहाकार भइरहेको छ । पानी मानवजीवनका लागिमात्रै नभएर प्रकृति संरक्षणका लागि पनि उत्तिकै महŒवपूर्ण रहेको हुन्छ । राष्ट्रसंघका अनुसार विश्वभर ७६ करोड बढी मानिस सुधारिएको पानीको स्रोतको उपयोगबाट वञ्चित छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । यस्तै, एक अर्ब ८० करोड मानिस फोहोर तथा दिसाको अंशमिश्रित पानी पिउन बाध्य भइरहेका छन् । असुरक्षित पानी र कमजोर सरसफाइकै कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार मानिसले ज्यान गुमाइरहेका छन् । एकातिर जलवायु परिवर्तन तथा औद्योगिक प्रदूषणका कारण विश्वव्यापी रुपमा पानीका मुहान सुक्दै गएका छन् भने अर्कातिर नदी, खोलाजस्ता पानीको स्रोतको उचित संरक्षण नगरिँदा मानवीय जीवन कष्टकर बन्दै गएको छ ।
नेपालमा पानीको उपलब्धता प्रशस्त रहेता पनि पानीको उचित व्यवस्थापन नहुँदा पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । विशेषगरी जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महŒवबारे जनसाधारणमा चेतना अभिवृद्धि गर्न सकिए पानी दिवस मनाउनुको सार्थकता हुने छ । नेपालको संविधानले हरेक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच कायम हुने गरी स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ । सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यअन्तर्गत सबैका लागि सफा पानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्ने, पिउने पानीमा सर्वसुलभ तथा समतामूलक पहुँच हासिल गर्ने, सबैका लागि पर्याप्त तथा समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने तथा खुला दिसामुक्त क्षेत्र बनाउने लक्ष्य राखेको छ । सरकारले स्रहश्राब्दी विकास लक्ष्यमा ५३ प्रतिशत जनतालाई सरसफाइ र ७३ प्रतिशत जनतालाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य पूरा गरेको जनाएको छ । मानवजीवन र प्रकृति संरक्षणका लागि नभई नहुने पानीलाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन राज्यले चासो लिनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39