काठमाण्डौ / यातायात व्यवस्था कार्यालय चितवनले सवारी चालक अनुमति पत्र (लाइन्सेन्स) वितरण कार्यका लागि तयारी थालेको छ । आउँदो आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्ने तयारी गरेको कार्यालयका प्रमुख कालिप्रसाद भुजेलले जानकारी दिए ।
प्रमुख भुजेलका अनुसार दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड संघीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आजै आउने उनको भनाइ छ ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले शुक्रबार नै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाइने जानकारी दिए । उनका अनुसार युजरनेम र पासवर्ड कार्यालयमा पठाइदिने अरु काम चितवनबाटै हुनेछ ।
कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए । उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले बताए ।
एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।
यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उनले बताइ । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् ।
ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो ।
जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौंडा, वीरगञ्ज, कावासोती, काठमाडौंलगायतका ठाउँमा जान बाध्य रहेका छन् ।
भरतपुर महानगरपालिकामा पहिलो पटक प्रमुख भएको दोस्रो वर्षदेखि नै रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थालेकी थिइन् । उनले भने, ‘हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ ।’
भरतपुरको आँपटारीमा रहेको वन क्षेत्रको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउन महानगरपालिकाले निर्णय गरेर बागमती प्रदेश हुँदै संघीय सरकारसम्म फाइल पु¥याइएको छ । आफ्नै जग्गामा कार्यालय स्थापना गर्न समय लाग्ने भएपछि जिल्ला समन्वय समितिको भवनबाट सेवा दिन सुरु गरिएको हो ।
दाहालले तत्काल यहाँबाट सेवा थालेर आफ्नै कार्यालय भवन निर्माणतर्फ लाग्ने बताइन् । उनले भने, ‘महानगरले सवारी चालक अनुमतिपत्र यहीँबाट दिने कामलाई उच्च प्राथमिकतामा राखेर निरन्तर लागिपरेकै कारण सफल भएको हो ।’
- ADVERTISEMENT -

चितवनबाटै लाइसेन्स दिने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












