March 15, 2025
- ADVERTISEMENT -

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, ८ मन्त्रालय कांग्रेसले पाउने

March 26, 2023

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सोमबारसम्ममा मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका हुन् ।
प्रचण्डले चैत्र ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि गठबन्धनमा दलमा मन्त्रालय संख्याको विषयमा ठोस सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ मन्त्रालय पाउने गरी छलफल अगाडि बढाइएको छ । यस्तै, जसपा र नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय, साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।

- ADVERTISEMENT -