२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिक्रमबाबा मेलामा प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न आग्रह

प्रकाशित मिति : २०७९ चैत्र १३ गते

चितवन / चितवन राष्ट्रिय निकुञ्जले बिक्रमबाबा मन्दिरमा आउने भक्तजनहरुलाई प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न अनुरोध गरेको छ । निकुञ्जले यही फागुन ७ गतेबाट सुरु भएको बिक्रमबाबा मेला दर्शन गर्न आउने भक्तजनहरुलाई प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न अनुरोध गरेको हो ।
निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पुजा गर्न आउने भक्तजनहरुलाई प्रवेशद्वारदेखि नै प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न सचेत गराइएको हो ।
उनले भने, “सुरक्षाकर्मीहरुले प्लाष्टिकजन्य वस्तुको प्रयोग नगर्न भक्तजनहरुलाई आग्रह गरेका छन् ।” निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्वयमसेवकहरुले भक्तजनहरुलाई आग्रह गरेको भनाइ छ ।
प्लाष्टिकजन्य बस्तु पुजा स्थल सम्म लगे पनि बाहिर ल्याएर संरक्षणमा सहयोग गर्न भक्तजनहरुलाई अनुरोध गरिएको उनले बताए । पुजा स्थल संरक्षित क्षेत्र भएकाले सो क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व हुने हुँदा प्लाष्टिक जन्य बस्तुबाट फोहोर नगरिदिन उनले आग्रह गरे ।
प्लाष्टिक जन्य बस्तु निकुञ्जमा फाल्दा वन्यजन्तुले त्यसलाई खाने र यसको असरले वन र वन्यजन्तुको बृद्धि बिकासमा समस्या आउने उनले बताए । वन्यजन्तुले खाएमा प्लाष्टिक जन्य वस्तुका कारण मृत्यु समेत हुन सक्ने भएकाले यसको प्रयोग नगर्न निकुञ्ज प्रशासनले आग्रह गरेको हो ।
प्लाष्टिक जन्य वस्तुलाई रोक्नका लागि पार्किङ् स्थलदेखि नै निगरानी बढाइएको उनको भनाई छ । योसँगै ठाउँ–ठाउँमा संरक्षण सम्बन्धि सूचना राखिएको र सुरक्षाकर्मी समेत सोही अनुसार परिचालन गरिएको उनले बताए ।
दर्शन गर्न आउने भक्तजनहरुलाई पुलमा व्यवस्थित तरीकाले आवतजावतका लागि समेत स्वयमसेवक परिचालन गरिएको छ । एक तर्फबाट प्रबेश र अर्को तर्फबाट बाहिरीने व्यवस्था मिलाईएको उनले जानकारी दिए । हरेक वर्ष चैते दशैंमा बिक्रमबाबा मेला लाग्ने गर्दछ ।
यो पुजा सुरुवाती समयमा थारु समुदायले मात्रै मनाउने गरेको भए पनि पछिल्लो समयमा सबै समुदायले मनाउने गरेको पाईन्छ । बिक्रमबाबाको पुजा गर्न स्वदेशी तथा बिदेशी गरी दैनिक हजारौ भक्तजनहरु यहाँ आउने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34