२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

मन्त्रिपरिषद् विस्तारसँगै शपथ पनि आजै

प्रकाशित मिति : २०७९ चैत्र १७ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार सरेको हो ।
आजै एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए । बिहीबार बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।
सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।

- ADVERTISEMENT -