देशमा जनशक्तिअनुरुप रोजगारीको अवसर कम सिर्जना भएकाले युवा चाहेर वा नचाहेर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । स्वदेशमै आत्मनिर्भर बन्ने चाहना हुँदाहुँदै पनि वैदेशिक रोजगारीमा जानुपर्ने नियति विद्यमान छ । नेपालले खुला बजार अर्थतन्त्र अँगाल्दै जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरण गर्न थालेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या पनि बढ्दै गएको छ भने ठगिनेको संख्यामा पनि वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जाने युवा सर्वप्रथम नेपालकै दलाल तथा मेनपावर एजेन्सीबाटै ठगिने गरेका छन् । नेपालमा वैदेशिक रोजगारका क्रममा ठगिएका खबरहरु सधैँजसो सार्वजनिक हुँदै आएका छन् । वैदेशिक रोजगार विभागमा मेनपावर कम्पनीबाट ठगिएका उजुरीको चाङ बढ्दै जाँदा ती मेनपावर कम्पनीलाई कारबाही भएका खबरचाहिँ विरलै सार्वजनिक भएका हुन्छन् । वैदेशिक रोजगारीमा जानका लागि दलाल वा म्यानपावरलाई रकम बुझाएर घर न घाटको अवस्थामा पुगेका कैयौं युवाका दर्दनाक पीडा छन् ।
वैदेशिक रोजगारीका नाममा भइरहने ठगीको क्रम कहिल्यै नियन्त्रण हुन नसक्नु विडम्बनाकै विषय हो । मेनपावर कम्पनीलाई नियमन गर्न नसक्दा ठगीका घटना बढिरहेका छन् । रोजगारीमा नाममा प्रतिबन्धित मुलुकहरूमा पठाउने समस्या एकातिर छ भने अर्कोतिर अधिकांश दलालले धेरै कमाइ हुने भनेकै भरमा विदेश जाने कारण समस्या उत्पन्न भइरहेको छ । वैदेशिक रोजगारमा जान कति रकम खर्च
लाग्छ ? विदेशमा गएर गर्नुपर्ने काम के हो ? कति रुपैयाँ कमाइ हुन्छ ? कस्तो करार सेवामा जाने हो ? जान लागेको देशमा सरकारको श्रमस्वीकृति छ कि छैन ? भन्नेजस्ता आधारभूत कुराहरु पनि ख्याल नगरी रोजगारीमा जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने युवालाई गाउँका दलालदेखि म्यानपावर कम्पनीसम्मले ठग्छन् । यसका साथै विदेशमा गइसकेपछि पनि ठगिन्छन् । विदेशमा गइसकेपछि समस्या र बिचल्लीमा परेका खबर झनै दर्दनाक हुन्छन् ।
सरकारले वैदेशिक रोजगारमा जाने युवाका लागि निःशुल्क भिसा र टिकटको प्रावधान लागू गरेको छ । उक्त प्रावधानअनुसार कतिपय मुलुकमा कामदारले म्यानपावर कम्पनीलाई कुनै पनि रकम तिर्नु पर्दैन । तर, निःशुल्क भिसा र टिकट भनिए पनि म्यानपावरहरुले चर्को रकम असुल्दै आएका छन् । कतिपय मुलुकमा रोजगारदाताले नै कामदार लैजाँदा लाग्ने रकम म्यानपावर कम्पनीलाई भुक्तानी गर्ने गर्छ । कामदारले म्यानपावरको सेवा परामर्शबापत दस हजार रुपैयाँमात्रै बुझाए पुग्ने भए पनि नेपालका म्यानपावर कम्पनीहरूले खाडी मुलुक जाने कामदारका लागि अझै पनि ७५ हजार रुपैयाँदेखि डेढ लाखसम्म रकम असुल्दै आएका छन् । यसरी खुलेआम ठगी हुँदा पनि ठगीको आरोप लागेका व्यक्ति तथा कम्पनीलाई सरकारले कारबाही गर्न सकेको छैन । विभागमा वैदेशिक रोजगारीका क्रममा ठगिएका हजारौँ उजुरी छन् । विदेश पलायन हुनेले विदेशमा गएपछि नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै उजुरी दिने गरेका छन् । तर, पर्याप्त प्रमाण नहुँदा उजुरी समाधान गर्न समस्या पर्ने गरेको विभागको भनाइ छ । रोजगारमा जान चाहने व्यक्ति नै सचेत हुने र ठगी गर्दै आएका कम्पनी वा दलाललाई कारबाही गर्न सकेमात्रै वैदेशिक रोजगारीको ठगी श्रृङ्खला नियन्त्रणमा आउने देखिन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

वैदेशिक रोजगारीमा ठगी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













