मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेको विभिन्न तीन वटा सुधार गृहको अनुगमन गरिएको छ । बिहीबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वमा सरोकारवालाहरु सम्मिलित टोलीले अनुगमन गरेको हो ।
उक्त टोलीले हेटौंडा–९ स्थित व्रिज अफ होम र उज्यालो भविष्य समाज गरी दुई वटा र हेटौंडा–८ स्थित सुरुवाती पुनस्थापित संस्था गरी तीन वटा सुधार गृहको अनुगमन गरेको हो ।
टोलीले हेटौंडा–९ मा रहेको ब्रिज अफ होम र उज्यालो भविष्य समाजको अनुगमन गरी उक्त संस्थामा दूव्र्यशनीमा परी सुधारका लागि बसिरहेका बालबालिका तथा किशोर÷किशोरीहरुको सुधारको अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमनको क्रममा टोलीले प्रशासनिक कार्य सम्पादनको अनुगमन गर्दै उज्यालो भविष्य समाजको भान्सा सुधार गर्न निर्देशन दिएको छ । टोलीले शैक्षिक चेतना जागृत गर्दै काम यथासिघ्र कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सो टोलीले हेटौंडा–८ मा रहेको सुरुवाती पुनस्थापित संस्थाले भने संस्था दर्ता तथा नविकरण नगरेको हुँदा समयभित्र राजश्व बुझाउनुपर्नेमा जोड दिएको पनि सहायक प्रजिअ शर्माले जानकारी गराए ।
उनले अनुगमनका क्रममा तीन वटै केन्द्रमा बाल किशोरहरुलाई शिपमुलक तालिम दिई संस्थाबाट बाहिरिएपछि व्यवहारिक जीवनमा पर्काउन बानी व्यहोरा सुधार र आर्थिक आत्मनिर्भर हुनेतर्फ उन्मुख गराउन बित्तीय संस्थाबाट ऋण उपलब्ध गराउनेतर्फ प्रशासनलगायत सरोकारवाला संस्थाले पहल गर्ने बताए ।
सुधार गृह नै सुधार्न प्रशासनको निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
