२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गठबन्धनको पक्षमा मत माग्दै काँग्रेस नेताहरु

प्रकाशित मिति : २०८० बैशाख ४ गते

चितवन / चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली काँग्रेसका केन्द्रिय तहका नेताहरु जनताको घर दैलोमा मत माग्दै हिँड्न थालेका छन् । केन्द्रिय समितिको परिपत्र अनुसार आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा काँग्रेस नेताहरु जनताको घरदैलोमा मत माग्दै पुगेका हुन ।
नेपाली काँग्रेस चितवनले आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ मा आयोजना गरेको घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता उदयशम्शेर राणा, नैनसिंह महर सहित तरुणदलका केन्द्रिय अध्यक्ष विद्धन गुरुङ जनताको घर दैलोमा गठवन्धनका पक्षमा मत माग्दै पुग्नु भएको हो । उहाँहरुले जनता संग मात माग्दै उपनिर्वाचनमा गठवन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । चितवन जिल्ला सचेत नागरिकको जिल्ला रहेको भन्दै उहाँहरुले कसैको बहकाउमा नलाग्न जनतालाई आग्रह गर्नुभयो ।
उपनिर्वाचन कस्को कारणले हुँदै छ बुझेर बिबेक प्रयोग गर्न उहाँहरुले अनुरोध गर्नुभयो । घरदैलोका क्रममा नेपाली काँग्रेसका नेता उदयशम्शेर राणाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनले सबैको ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री र काँग्रेसका केन्द्रिय सभापतिको अस्तित्व संग जोडीएकाले गठवन्धनका उम्मेदवारलाई हार्न छुट नरहेको बताउनुभयो । गठवन्धनका उम्मेदवारलाई बिजयी गराउन तरुण युवाहरु चनाखो भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।
केही उम्मेदवारहरु सत्ता र पद लोलुपतामा लागेको बताउँदै उहाँले संघियता, लोकतन्त्र, गणतन्त्रका बिरोधी शक्तिहरुलाई परास्थ गर्नुपर्ने बताउनुभयो । अर्का काँग्रेस नेता नैतसिंह महरले जनताले अशलियत बुझेर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “फेरी अहिलेको परिस्थिती नदोहोरीयोस भनेर हामी तपाईहरुको माझमा आएका छौ ।” जनताले देशको बिकास कस्ले ग¥यो भन्ने बिषयमा सोच्नुपर्ने समय आएको उहाँको भनाई थियो । तरुणदलका केन्द्रिय अध्यक्ष बिद्धन गुरुङ्ले सामाजिक सञ्जालमा काँग्रेसका उम्मेदवार र उनका समर्थक प्रति भइरहेको नकारात्मक टिक्का टिप्पणी सहिय नहुने बताउनुभयो । उहाँले भन्नुभयो “हामी चुप लागेका छौ भनेर जे मनलायो त्यही वोल्न छुट कसैमा छैन ।
हामी प्रतिवाद गर्न तयार छौ ।” जनताको हितमा काम गर्नका लागि काँग्रेसका उम्मेदवारको पक्षमा लाग्न उहाँले तरुणहरुलाई निर्देशन समेत दिनुभयो । घरदैलोका क्रममा बिभिन्न स्थानहरुमा कोण सभा समेत भएका थिए । ती कोण सभाहरुमा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, गठवन्धनका तर्फबाट उम्मेदवार वन्नुभएका नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ लगाएतले सम्बोधन गर्नुभएको थियो । काँग्रेसले उम्मेदवारी मनोनयन संगै आफ्नो घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।
यस निर्वाचन क्षेत्रमा रहेका हरेक पालिकाहरुमा अहिले काँग्रेसका बिभिन्न तह र तप्काबाट घरदैलो कार्यक्रम भईरहेको छ । सोमबार (भोली) भरतपुर महानगरपालिका वडा नम्बर ११ को घरदैलो तथा कोणसभा कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस चितवनले जनाएको छ । यो संगै कालिका नगरपालिकामा समेत महामन्त्री थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97