२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा नियमित खोपका लागि घरघरमा स्वास्थ्यकर्मी परिचालित

प्रकाशित मिति : २०८० बैशाख १४ गते

चितवन / स्वास्थ्य कार्यालय चितवनले सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका परिचालन गरी बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार खोप नलगाएका बालबालिकाको खोजी गर्दै स्वास्थ्यकर्मी र स्वयंसेविका हरेक घरघरमा पुगेका छन् । पाँच वर्षमुनिका नियमित खोपमा नआएका बालबालिकाको खोजीमा उनीहरूलाई परिचालन गरिएको उहाँले बताउनुभयो । बच्चा जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइडलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो ।
केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पु¥याउनका लागि अभियान सार्थक बन्नेछ । यसका लागि अहिले वडावडामा तथ्याङ्क सङ्कलन, विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी र शिक्षकमार्फत पूर्ण खोपको बारेमा जानकारी गराउने, विद्यालय नर्स र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोपको बारेमा कक्षा सञ्चालन गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो ।
अभियानकै क्रममा नियमित खोपमा नआएका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयो । वैशाख मसान्तसम्ममा सबै वडा, स्थानीय तह पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण गर्ने गरी अभियानलाई तीव्र बनाइएको उहाँले बताउनुभयो ।
हरेक वर्ष वैशाख महिनामा मनाइने खोप सप्ताहलाई मध्यनजर गर्दै सरकारले यस वर्ष खोप महिनाको रूपमा मनाउन लागेको हो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52