काठमाडौं / स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट विभिन्न क्षेत्रका सातै प्रदेशबाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारसहित २२ जना सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहांँहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्य चिकित्सक डा महमद अफ्रोज अन्सारी र फिजिसियन डा राम प्रताप शाह रहनुभएको छ ।
अन्य सम्मानित हुनेहरुमा बागमती प्रदेशबाट अर्थोपेडिक सर्जन प्राडा सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह, बाल शल्य चिकित्सक विशेषज्ञ प्राडा रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिस्ट डा आनन्द प्रसाद श्रेष्ठ रहनुभएको छ ।
यस्तै गण्डकी प्रदेशबाट फिजिसियन डा सरोज पोखरेल, वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन रोग विशेषज्ञ प्राडा गिरधारी शर्मा पंगेनी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा आनन्द भट्टराई उक्त अवार्डबाट सम्मानित हुनुभएको छ ।
लुम्बिनी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा सचिन ढुंगेल, कर्णाली प्रदेशबाट जनरल तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा डम्बर खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ फिजिसियन तथा दमरोग विशेषज्ञ प्राडा सुभेस राज कायस्थ सम्मानित हुनुभएको छ ।सात वटै प्रदेशबाट तीन जना स्वास्थ्यकर्मीहरुलाई पनि अवार्ड प्रदान गरिएको छ । राजेन्द्र प्रसाद खरेल, सन्तोष केसी र शंकर खराललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
यस्तै, पत्रकारहरु बुद्धि बहादुर केसी, अनिता श्रेष्ठ कमला गुरुङ्ग र सुमन खत्रीलाई अवार्डबाट सम्मानित गरिएको छ।
सो अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको समृद्धि र जनताको सेवा सुविधा सहज बनाई परिवर्तनको अनुभूति दिनुपर्ने बताउनु भयो । यस्ता काममा यो वा त्यो नभनीकन साझा प्रयासको आवश्यकता रहेको उहांँले बताउनुभयो ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहांँले लामो सङ्घर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता नैनसिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके जनताले राहतको महसुस गर्ने बताउनुभयो ।
यस्तै, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की, वरिष्ठ चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पु¥याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड : विभिन्न विधाका व्यक्तित्व सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












