२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु

प्रकाशित मिति : २०८० बैशाख १८ गते

धनगढी / कञ्चनपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ मा र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२–००–४ प १८४६ नम्बरको मोटसाइकल र से १ त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किए दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालक वेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएको उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यस्तै, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १८ बस्ने वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही नगरपालिका–४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34