काठमाडौं / गृह र रक्षामन्त्रीसमेत भइसकेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै नेपाल प्रहरीले सबैतिरबाट स्याबासी पाइरहेको छ । खाणकै पालाका गृहसचिव टेकनारायण पाण्डेदेखि रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पनि प्रहरीको नियन्त्रणमा छन् । यीसहित गिरोहमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजलगायतविरुद्ध पक्राउ अनुमति लिइसकेको छ । ढिलोचाँडो उनीहरु पनि पक्राउ पर्ने नै छन् ।
अब मञ्जु खाण र आरजु देउवालाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सके यो देशको ठूलै बेथितिको पहाड फोडिनेछ । गिरोहका सदस्यहरुले निर्धक्कसँग उनीहरुको नाम लिएका छन् । अरु पनि केही प्रमाणहरुले उनीहरुको संलग्नतालाई समर्थित गरेको छ । केही आरोपितले बयानमा समेत यी दुवै प्रभावशाली महिलाको नाम पोलेका छन् । अब यसमा प्रहरीले खुट्टा नकमाउने हो भने कुनै पनि राजनीतिक नेताले प्रहरीमा हस्तक्षेप गर्न सक्ने छैनन् । प्रहरीको अनुसन्धान बिथोल्न खोज्नेविरुद्ध जनता जुरुक्क उठ्नेछन् ।
प्रहरी नेतृत्वले मात्र इमानदार अनि साहसिक प्रयास गर्ने हो भने यो देशका ९० प्रतिशत बेथिति र विकृति अन्त्य हुन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नसक्ने काम प्रहरीले गरेर देखाउन सक्छ भन्ने यही प्रकरणमा देखिएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धानको जिम्मा त नेपाल प्रहरीको सीआईबीलाई नै दिनुपर्ने हो भन्ने कुरा यस तथ्यबाट पनि पुष्टि भएको छ । प्रहरीले जुन तहको आँट र साहस देखाउन सक्छ, त्यो अख्तियारले गर्न सक्दैन । त्यसैले प्रहरीको जति प्रभावकारी कारवाही पनि अख्तियारको बन्न सकेको छैन ।
राजनीतिक नेतृत्व र भ्रष्ट शासक–प्रशासकप्रति प्रायः गुनासो र असन्तुष्टि बोकेर हिँड्ने आमनेपाली यतिबेला चोकदेखि चिया चौतारोमा बसेर थोरै भए पनि आशाका कुरा गरिरहेका छन्। सामाजिक सञ्जाल प्रहरीको प्रशंसाले रंगिएका छन् । उनीहरुका अनुहारमा खुशीको रेखा कोरिएझैँ भएको छ । केही आशा र उत्सुकताले भरिएको छ । यसको एउटै कारण हो– नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ प्रशासकदेखि नेतासम्म पक्राउ पर्नु । जसले अधिकांश नेपालीको मनमा परेको छ– गलत गर्नेहरु जोसुकै होऊन्, अपराधको सजाय एक न एक दिन भोग्नुपर्छ।
लहरो तान्दा पहरो गर्जने अवस्था देखिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलिया मात्र होइन, पूर्वगृहमन्त्रीका सल्लाहकार, बहालवाला सचिवदेखि पूर्वगृहमन्त्रीसम्म पक्राउ पर्नु कानुनी राज्यमा कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश हो । प्रहरीले देखाएको यो साहस प्रशंसनीय मात्रै छैन, अनेकन विकृतिको पहाडमा कानुनको डोजर चल्न थालेको संकेत पनि हो । तर यो सुरुवात मात्रै हो ।
यो र यस्तै अन्य प्रकरणमा यसैगरी कारबाही अघि बढ्ने हो भने अरु धेरै ओहोदावाल तानिन सक्नेछन् । त्यतिन्जेल राजनीतिक नेतृत्वले प्रहरीलाई कति स्वतन्त्रतासाथ काम गर्न दिन्छ, त्यो नै आजको मुख्य परीक्षाको विषय पनि हो । विगतमा पनि यस्ता केही सकारात्मक प्रयास भएका थिए तर बीचैमा गएर तुहिए । सुन तस्करी काण्डदेखि ललितानिवास काण्डसम्मै यसका उदाहरण हुन् । त्यसैले यसपालि कम्तीमा प्रहरी र गृह प्रशासनले खुट्टा नकमाओस् । कुनै पनि प्रकारको दबाब र प्रभावमा नझुकोस्, सम्झौता नगरोस् ।
प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर आएपछि चालिएको यस साहसिक कदममा राजनीतिक आग्रह वा तुष्टिको घूसपैठ नहोओस् । बालकृष्ण खाणको गिरफ्तारीले सत्ताधारी दलकै नेता भए पनि छूट नपाउने गतिलो सन्देश जसरी प्रवाह भएको छ, अब यसलाई सही निष्कर्षमा पु¥याएर दोषीमाथि सजायको सुनिश्चितता पनि चाहिएको छ । यसको सम्पूर्ण जिम्मेवारी प्रहरीकै हो । प्रहरी नेतृत्वको भूमिकाले नै अब यो प्रकरण कता मोडिन्छ भन्ने कुरा निर्धारित हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको साहसिक कदम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














