March 15, 2025
- ADVERTISEMENT -

आयुष फेन्सीको यात्रा ग्रुपलाई १८ थान टिसर्ट सहयोग

May 14, 2023

चितवन / नारायणगढको जुन हलरोड स्थित गोल्डेन आयुष फेन्सीले १८ थान टिशर्ट (जर्सी) हस्तान्तरण गरेको छ । सामाजिक तथा खेलकुद क्षेत्रमा आवद्ध यात्रा ग्रुप भरतपुरलाई १८ थान टिशर्ट हस्तान्तरण गरिएको हो ।
फेन्सीका सञ्चालक कृष्ण कंडेलले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलगायतको टिमलाई शनिबार लाई उक्त जर्सी हस्तान्तरण गरेका हुन् ।
कंडेलले सामाजिक कार्यमा सक्रिय यात्रा गु्रपलाई सहयोग गर्न पाउँदा खुशी भएको बताए । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
यात्रा ग्रुपका कार्कीले यस किसिमको सहयोगले सामाजिक कार्यमा अग्रसर हुन प्रोत्साहन मिलेको बताए । सामाजिकसँगै खेल क्षेत्रमा सक्रिय यात्रा ग्रुपको आफ्नै फुटबल क्लब पनि छ ।

- ADVERTISEMENT -