काठमाडौं / प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, बाँके, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–९ टेपरी बस्ने ३० वर्षीय अवदेश यादव र भारत घर भएका २३ वर्षीय दिपक कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० आर ३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित सोही उपमहानगरपालिका–४ देवाफुलबारी बस्ने २८ वर्षीय साद्दव खाँनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित २ जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २२ वर्षीय निर्मल कुमार सिंह र १९ वर्षीय धिरज कुमार सिंह रहेका छन् ।
प्रहरी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एस ०३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका–१ सतघरुवा बस्ने २८ वर्षीय प्रकाश चौधरीसमेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–१ ज्योतीनगर डेरा गरी बस्ने अछाम विनायक पञ्चदेवल नगरपालिका–७ पुल्यतोला घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











