चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष अरुण पीडित भण्डारीले पत्रकारहरुसँगै समन्वय गरेर अघि बढ्ने बताएका छन् । नेकपा (समाजवादी) चितवनको भर्खर मात्रै अध्यक्ष पदभार सम्हालेका भण्डारीले समाजवादी प्रेस संगठन जिल्ला शाखाको आइतबार सम्पन्न विशेष बैठकमा सो बताएका हुन् ।
सो अवसरमा उनले समाजवादी प्रेस संगठन कार्यालय स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यालय स्थापनाको लागि आफूले विशेष पहल गर्ने र निकट भविष्यमा नै संचालनमा ल्याइने उनले बताए ।
हालको परिस्थिति जटिल छ यद्यपि निरुत्साहित नहुन उनले आग्रह समेत गरे । आगामी दिनमा प्रचार प्रसारका लागि पत्रकार साथीहरुकै नेतृत्वदायी भूमिका रहने उनको भनाइ थियो ।
यसैबीच समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य हरि अधिकारीले आगामी जेठ २६ र २७ गते हुने पहिलो राष्ट्रिय अधिवेशनका लागि जिल्लाबाट तीन जनालाई सहभागी गराउने जानकारी दिए । यद्यपी केन्द्रको परिपत्र जारी हुन भने बाँकी नै छ ।
बैठकमा समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले संगठनलाई सुचारु ढंगले अघि बढाउन कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । कार्यालय नहुँदा प्रचार प्रसारमा असहज भएको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले निकट भविष्यमै पत्रकार लक्षित कार्यक्रम गर्नुपर्ने टड्कारो आवश्यक रहेको बताए ।
यस्तै संगठनका सहसचिव सरस्वती तामाङले पार्टीले पत्रकारलाई समेटेर अघि बढ्नु पर्ने सुझाव दिए । पार्टीको हरेक गतिविधिमा पत्रकारहरुको बाक्लो उपस्थिति हुनुपर्ने उनको जिकिर थियो ।
कार्यक्रममा सचिव रामु आचार्य, सदस्य विशाल आले लगायतले आ–आफ्नो भनाइ राखेका राखेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘प्रचारप्रसारमा पत्रकारहरुको भूमिका नेतृत्वदायी हुने’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












