२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

स्पन्दन यतायातलाई ग्राफिकको सुनको सिक्का

प्रकाशित मिति : २०८० असार १२ गते
- ADVERTISEMENT -

चितवन / ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम विजेता स्पन्दन यातायात सेवा प्रा.लि. बनेका छन् । सोमबार अनौपचारिक कार्यक्रम सञ्चालन गरी आफ्नो अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारणद्वारा प्रथम, द्वितिय र तृतिय गरी ३ वटा कम्पनीहरुलाई सुनको सिक्का अफरको बिजेता घोषणा गरिएको प्रा.लि.का प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिए ।
उनका अनुसार द्वितीय हुनेमा माँ पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र तृतीय ग्लोबल मल्टी ट्रेडिङ प्रा.लि. रहेका छन् । गत २०७९ भाद्र १ गतेदेखि २०७९ फागुन ३१ गते सम्मको लागि लागु हुने गरी सुनको सिक्का अफर सञ्चालन गरिएको थियो । सुनको सिक्का अफर अवधिमा १५० वटा नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य सहित सञ्चालन गरिएकोमा १६२ वटा कम्पनीहरु दर्ता भएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताइन् ।
यसैबीच प्रा.लि.ले सोमबार नै भरतपुर–११, नौरङ्गे, चितवनमा अबस्थित साहाराको घर बालगृहमा रहेका असहाय तथा अनाथ बालबालिकाहरुलाई जिन्सी सामानहरु सहयोग समेत गरिएको पोख्रेलले जानकारी दिइन् ।

- ADVERTISEMENT -