२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

राप्ती नगरपालिकाको बजेट साढे ९५ करोड

प्रकाशित मिति : २०८० असार ३१ गते

चितवन / राप्ती नगरपालिकाले १३ औं नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । राप्ती नगरपालिकामा सम्पन्न नगर सभाबाट शनिबार ९५ करोड २९ लाख ८५ हजार बराबरको बजेट सार्वजनिक गरिएको मेयर शमशेर लामाले जानकारी दिए ।
सभाले विनियोजित बजेट मध्ये संघीय समानिकरण तर्फ १६ करोड ४ लाख, संघीय राजश्व बाँडफाँड तर्फ १३ करोड ८६ लाख ७८ हजार, संघीय सशर्त अनुदान तर्फ ३७ करोड ५५ लाख,प्रदेश समानिकरण तर्फ १ करोड ७१ लाख ३३ हजार, प्रदेश राजश्व बाँडफाँड तर्फ ५ करोड ५५ लाख ७१ हजार, प्रदेश सशर्त अनुदान तर्फ २ करोड ५७ लाख र आन्तरिक आम्दानीबाट १८ करोड रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ ।
नगरपालिकाले चालुमा ५९ करोड ५६ लाख १६ हजार र पूजिगतमा ३५ करोड ७३ लाख ६९ हजार रुपैया खर्च गर्ने अनुमान गरिएको छ । विषय क्षेत्रगत बजेट बाँडफाड तर्फ आर्थिक विकासमा ७ करोड १५ लाख ६८ हजार, सामाजिक विकासमा ३८ करोड २९ लाख ५५ हजार, पूर्वाधार विकासमा २६ करोड ३७ लाख ९९ हजार, व्यवस्थापन र सुशासनमा ३ करोड १४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनमा २० करोड ३२ लाख ६३ हजार रुपैया विनियोजन गरिएको उनले जानकारी दिए ।
सो नगरपालिकाले कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,रोजगार,विपन्नलाई आवास निर्माणलाई जोड दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८०÷८१ मा सीमान्तकृत चेपाङ सहित अति विपन्नका लागि १०० वटा घर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको मेयर लामाले बताए । स्वास्थ्य तर्फ भण्डारामा निर्माणधिन अस्पतालको निर्माण पूरा गरी अस्पतालको स्तरोन्नति गर्ने, राप्ती नगरपालिकाको वडा नं. १०,११,१२ र १३ र अति विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा, एक वडा एक न्यायको स्थापना गर्ने तीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरूका गतिविधिहरूको भौतिक तथा गुणात्मक स्तरोन्नति गर्ने, विद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्ने, सिंस्थागत विद्यालयहरूको उपलब्धि तथा समाजप्रतिको योगदानको आधारमा मूल्याङ्कन र पुरस्कृत गर्ने नगरपालिकाको आन्तरिक स्रोत र साधनलाई समेत मध्यनजर गरी कक्षा १२ सम्म पूर्ण निःशुल्क गर्ने कार्यक्रममा उल्लेख छ ।
उनले वडा न ५ को भण्डारा बजार नजिक रहेको तात्कालिन नहर विभागको जग्गाको सरोकारवाला बासिन्दाहरूको समेत सहभागीतामा प्रदेश तथा केन्द्रसँग समन्वय गरेर दीर्घकालीन व्यवस्थापन गर्ने, प्रत्येक आर्थिक वर्षमा राप्ती नगरपालिका भित्र रहेका अतिविपन्न परिवारलाई कम्तीमा १०० बटा घर निर्माण गर्ने योजना अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा पनि १०० घर निर्माणको गर्ने योजना रहेको बताए ।
पानीसराडाबाट समीटार, फिरनटार, ठकुरीभन्ज्याङ, कुईभीर, कान्दा, कमिनी, स्थाधाङ, कान्डाडगडी, पर्खाल कुखुर परेवाकोट ईलोवर बजारसम्म सडक लैजान ट्याक खोल्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पर्यटन केन्द्रहरूको स्तरोन्नति गरी तिनीहरूमा पर्यटक बढाउने कार्यक्रम ल्याउने र पर्यटन केन्द्र नजिक रहेका सबै बस्तीहरूमा होमस्टे सञ्चालन गर्ने, पूर्वपश्चिम राजमार्गको पुरानो बाटोमा बसोबास गर्ने सुकुम्बासीहरूकोे विकास गर्ने एकीकृत बस्तीहरूमा बसोबासको व्यवस्था गरिने, सुकुमबासीलाई जग्गा वितरणको लागि जग्गा नापजाँचको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उपमेयर देवेन्द्र लामाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03